सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

दुर्गा प्रसाईले गरे नयाँ व्यवसायको सुरुवात

मङ्गलबार, १५ चैत २०७८, १५ : १९
मङ्गलबार, १५ चैत २०७८

मेडिकल व्यवसायी तथा नेकपा एमालेका केन्द्रीय सदस्य दुर्गा प्रसाईले नयाँ व्यवसाय थालेका छन् । उनले भक्तपुरमा तरकारी बजार संचालनमा ल्याएका हुन् । सूर्यविनायक नगरपालिका–८ सूर्यविनायक, अरनिको राजमार्ग नजिकै रहेको ५० रोपनी जग्गामा तरकारी बजार संचालनमा आएको हो । 

सूर्यविनायक हरित तथा कृषि  थोक बजारमा मंलगबार पत्रकार सम्मेलन गर्दै व्यवसायी प्रसाईले भने, ‘जे गर्छु स्वदेशमै गर्छु भनेर तरकारी बजार संचालनमा ल्याएको हुँ ।’२ अर्ब रुपैयाँ भन्दा धेरै लगानी गरेर तरकारी बजार संचालनमा ल्याएको उनले दावी गरे ।  बिचौलियाको अन्त्य गर्न र किसानलाई राहत दिन आफुले तरकारी बजार बनाएको प्रसाईको दाबी रहेको छ । 

आफ्नो कामलाई मिडियाले गलत ढंगले प्रचार गरेको भन्दै प्रसाईले यो कुरालाई नकारात्मक भन्दापनि किसानका् हितको लागि सोचिदिन सबैलाई आग्रह समेत गरे । ‘हाल २२ सय स्टलमा प्रत्यक्ष ४४ सय जनाले रोजगारी पाउने र १० हजार भन्दा धेरै किसान अप्रत्यक्ष फाइदा लिने सक्ने छन्,’ पत्रकार सम्मेलनमा प्रसाईले भने । केही समय अगाडीनै बजार संचालनमा आएको भएपनि कोरोनाको कारणले सहज नभएकाले भोली बुधबार एमालेका अध्यक्ष केपि शर्मा ओलीले बजारको उद्घाटन गर्ने कार्यक्रम रहेको उनले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप