आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

मोदी सरकारले भन्यो – कश्मीरमा धारा ३७० को खारेजीपछि ३४ जना बाहिरीले सम्पत्ति किने

मङ्गलबार, १५ चैत २०७८, १६ : २५
मङ्गलबार, १५ चैत २०७८

भारतको केन्द्रीय गृह मन्त्रालयले लोकसभामा धारा ३७० खारेज गरेपछि अन्य राज्यका ३४ जनाले जम्मु कश्मीरमा सम्पत्ति किनेको जानकारी दिएको छ । यी सम्पत्तिहरु जम्मु, रियासी, उधमपुर र गन्दरबल जिल्लाहरूमा अवस्थित छन्।

अगस्त २०१९ मा  मोदी सरकारले जम्मु-कश्मीरलाई विशेष दर्जा दिने धारा ३७० खारेज गरेको थियो । यससँगै जम्मु-कश्मीर र लेह-लद्दाखलाई छुट्टै केन्द्र शासित प्रदेशहरूमा विभाजन गरियो। धारा ३७० को कारणले जम्मु कश्मीरलाई विशेष राज्यको दर्जा दिएको खण्डमा त्यहाँका स्थानीय बासिन्दाले मात्रै सम्पत्ति किन्न पाउँथे । तर ३७० खारेज भएपछि अहिले देशका अन्य राज्यका मानिसहरूले त्यहाँ सम्पत्ति किन्न पाउँछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप