सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

संगीतको माध्यमबाट पर्यटन प्रवद्र्धन गरिने

मङ्गलबार, १५ चैत २०७८, १९ : ५४
मङ्गलबार, १५ चैत २०७८

नेपाली ख्याति प्राप्त म्युजिक ब्यान्ड सुरसुधा र विश्व चर्चित ब्याण्ड प्लेईङ फर चेन्ज फाउण्डेशन (पीएफसीएफ) बीच सांगीतिक कार्यक्रमका विषयमा अन्तक्रिया भएको छ । नेपाली लोक तथा परम्परागत संगीतको सम्मान तथा संगीतको माध्यमबाट पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले नेपाल पर्यटन बोर्डको प्रवर्द्धनमा मंगलबार सो अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको हो ।

अन्तरक्रिया कार्यक्रममा बोल्दै पर्यटन बोर्डका वरिष्ठ निर्देशक नन्दिनी लाहे थापाले गीत÷संगीत पर्यटन प्रवद्र्धनको लागि शशक्त माध्यम भएको उल्लेख गर्दै सुरसुधा र (पीएफसीएफ)ले गरेका कार्यक्रमले नेपालको पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने विश्वास व्यक्त गरे । यस्तै सुरसुधाका संस्थापक सुरेन्द्र श्रेष्ठले (पीएफसीएफ)ले विश्वभरका कलाकारहरुसँगको सहकार्यमा विभिन्न कार्यक्रम गर्दै विश्व शान्तिको सन्देश दिने गरेको बताए । उनले संगीतको माध्यमबाट विश्वभर नेपाली पर्यटन प्रवद्र्धन गर्न सकिने समेत बताए ।

कार्यक्रममा (पीएफसीएफ) का सहसंस्थापक विलियम औराले संगीतले शान्ति, सद्भाव र एकताको प्रतिक भएको बताउँदै नेपालको विविधिताबाट प्रभावित रहेको धारणा राखे । यस्तै (पीएफसीएफ)मा कार्यकारी निर्देशक ज्याक ग्रोसङले नेपाल कला र संस्कृतिका हिसावले धनी रहको उल्लेख गर्दै संगीतको माध्यमबाट नेपालको पर्यटन प्रर्वद्धन हुनेमा आफू र आफ्नो टीम विश्वस्त रहेको बताए । प्रख्यात नेपाली ब्याण्ड सुरसुधाले सन २००९ देखि प्लेईङ फर चेन्ज फाउण्डेशनसँगको सहकार्यमा नेपाली संगीतलाई विश्वमाझ पु¥याउन विभिन्न कार्यक्रम आयोजना गर्दै आइरहेको छ । यी दुबै ब्यान्डको सहकार्यमा नेपाल तथा विश्वभर विभिन्न कार्यक्रमहरु समेत आयोजना हुनेछन् ।

(पीएफसीएफ)ले सन् २००७ मा ४ महादेशको १४ देश तथा ५० स्थानहरुमा यस प्रकारका कार्यक्रम आयोजना गरेको थियो । यो समूहको विश्वभर २ अर्ब (२ विलियन) बढि फलोअर रहेका छन् । संगीतका माध्यमबाट विश्वबन्धुत्व, चाइचारा, आपसी सहकार्य र जनचेतना अभिवृद्धिका विभिन्न काम गर्न सकिने धारणा राख्ने यो समूह (पीएफसीएफ) ले नेपालमा विभिन्न ६ स्थानमा करिब ४ हजार समुदायहरुका बीच मानव वेचखिनविरुद्ध तथा हिला शसक्तिकरणका लागि  संयुक्त राष्ट्रसंघ संघको सहकार्यमा (पीएफसीएफ) र नेपाली संगितकारहरुका सांगितिक भिडियोहरू ओलम्पिक गेममा समेत प्रस्तुत गरिएका छन् । यस्तै यो समुहले सांगीतिक  क्षेत्रमा नोवल पुरस्कार भनेर चिनिने पोलर म्युजिक अवार्ड समेत प्राप्त गरेको छ ।

 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप