मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

लामपोखरीमा केएमसीको निःशुल्क स्वास्थ्य शिविर

मङ्गलबार, १५ चैत २०७८, २२ : ३१
मङ्गलबार, १५ चैत २०७८

काठमाडौँ महानगरपालिका–७ स्थित लामपोखरी, कटु बहालमा मंगलबार निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । काठमाडौँको सिनामंगलस्थित काठमाडौँ मेडिकल कलेज, जीपी कोइराला मेमोरियल सामुदायिक, लायन्स क्लब र लियो क्लबको सहकार्यमा शिविर सञ्चालन गरिएको हो ।

जीपी कोइराला मेमोरियल सामुदायिक भवनमा सञ्चालित शिविरमा ७८१ जनाको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको छ । शिविरमा १७५ जनाको भिडियो एक्सरे, १२१ जनाको रक्त परीक्षण र १०९ जनाको ईसीजी गरिएको केएमसीका जेनेरल मेनेजर नारायण दाहालले जानकारी दिए । त्यस्तै ३७ जनाको दाँत उखेलिएको छ । शिविरमा उपचार सम्भव नभएका २३ जना बिरामीलाई शल्यक्रियाका लागि अस्पताल रेफर गरिएको आयोजकले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप