बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

राशिअनुसार आजको आफ्नो भाग्य हेर्नुहोस्

शनिबार, ०९ मङ्सिर २०७४, ०७ : १९
शनिबार, ०९ मङ्सिर २०७४

आजको राशिफल

बि.स.२०७४ मंसिर ०९ गते । शनिबार । ईश्वी सन् २०१७ नोभेम्बर २५ तारिख । नेपाल सम्बत् ११३८ । साधारण संवत्सर । दक्षिणायन । हेमन्त ऋतु । श्रीशाके १९३९ । मार्ग शुक्ल पक्ष । तिथि सप्तमी ५६ घडी ०५ पला । नक्षत्र श्रवण,७ घडी ५४ पला, बिहान ९ बजेर  ४३ मिनेट उप्रान्त धनिष्ठा । योग ध्रुव ४४ घडि १७ पला,रातको १२ बजेर १६ मिनेट उप्रान्त व्याघात । करण गर,दिउसो ४ बजेर २४ मिनेट उप्रान्त वणिज । आनन्दादिमा स्थिर योग । 

चन्द्रराशि मकर,बेलुका १० बजेर ३६ मिनेट उप्रान्त कुम्भ ।सर्वार्थसिद्धि योग ९स्४३ बजेसम्म। द्विपुष्कर योग ९स्४३ देखि २८स्५९ बजेसम्म। धनिष्ठा पञ्चक २२स्३६ बजे प्रारम्भ। महिला हिंसा अन्त्य दिवस ।

 काठमाडौंमा सूर्योदय ६ बजेर ३४ मिनेट, सूर्यास्त बेलुका ०५ बजेर ०७ मिनेट जादा । दिनमान २६ घडी २३ पला । 

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) गित संगितमा बिषेश रुचि बढ्नेछ भने बिद्यामा तपाई अब्बल साबित हुँनुहुनेछ । सत्रु परास्त हुँनेछन् । पारिवारिक जमघटमा सहभागि भई मिष्टान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुँनेछ । राजनिति तथा समाजसेवामा जनताको गतिलो समर्थन प्राप्त हुँने हुँनाले मान सम्मान तथा ईज्जत प्रतिष्ठामा बृद्धि भएर जानेछ ।  व्यापार व्यावसायमा प्रशस्त आम्दानि हुँनेछ । कृषि तथा पशुपालन ब्याबसायबाट राम्रै आम्दानि हुँनेछ । पति पत्नि बिचको सम्बन्ध सुदृड हुँनुको साथै माया प्रेमको गाठो गसिलो भएर जानेछ ।

बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) नयाँ कार्य आरभ्भ गरि आम्दानिका स्रोतहरु बढाउँन सकिनेछ भने व्यापार व्यावसायमा थोरै समय दिदा पनि मनग्गे धन आर्जन गर्न सकिनेछ । खोज तथा अनुशन्धानमा सकारात्मक नतिजा हात लगाउँन सकिने हुँनाले शरिरका थप उर्जा पैदा हुँनेछ । सरकारि तथा प्रशासनिक क्षेत्रमा तपाईको बर्चश्व कायम रहेनेछ । प्रणय सम्बन्धमा आत्मियताको बिकास हुँनेछ भने घर परिवारमा सबैसँग सौहार्दपुर्ण सम्बन्ध स्थापना गर्न सकिनेछ । धर्म कर्ममा समय दिन सकिने हुँनाले मन  शान्त रहनेछ ।

मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा) परिवार तथा आफन्तजन सँग मनमुटाब बढ्नेछ भने पति पत्नि तथा माया प्रेममा अबिस्वास सिर्जना हुँनेछ । सवारि साधन तथा यात्रा गर्दा बिषेश ध्यान दिनुहोला दुर्घटना तथा अप्रिय घटना घट्न सक्छ । बिद्या तथा प्रतिश्पर्धामा सफलता पाउँन निकैनै मेहनेत गर्नुपर्नेछ । स्वास्थ्य सम्बन्धि समस्याले सताउनेछ भने आफन्त तथा बिस्वास गरेकैहरुबाट धोका हुँनेछ । 

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) पारिवारिक सम्बन्ध,दाम्पत्य जिवन तथा माया प्रेममा सामिप्यता बढेर जानेछ । व्यापार व्यावसायमा प्रशस्त आम्दानि हुँनेछ । लामो तथा रमाईलो यात्रा हुँनेहुँदा मन प्रशन्न हुँनेछ । पारिवारिक जमघटमा सहभागि भई मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर जुर्नेछ । बिद्या तपाईले सोचेजस्ते राम्रो हुँनेछ । भौतिक सम्पति तथा सवारि साधनको प्राप्तिको गतिलो योग रहेको छ ।

सिहं (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) बिद्या तथा प्रतिश्पर्धामा प्रतिश्पर्धिहरुलाई किनारा लगाउँदै नतिजा आफ्नो पोल्टोमा पार्न सकिनेछ । व्यापार व्यावसायमा प्रशस्त आम्दानि हुँनेछ । पुराना ऋण,रोग तथा सत्रुबाट छुट्करा पाईने हुँनाले मन प्रशन्न हुँनेछ । आफन्त तथा मावलि पक्षबाट हरेक क्षेत्रमा सहयोग तथा समर्थन पाईने योग रहेकोछ । सत्रु परास्त हुनेछन् भने न्यालयबाट हुँने न्यायिक निर्णयहरु तपाईकै पक्षमा हुँने हुँनाले खुसिले उचाई नाघ्नेछ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) बौद्धिक कार्यमा सहभागि भई आफ्नो गतिलो प्रश्तुति पस्कने अवसर प्राप्त हुँनेछ । पढाई लेखाईमा सुधार भएर जानेछ भने नतिजा आफैतिर ल्याउँन सकिनेछ । परिवार तथा सन्तान बाट तपाईले गरेको काममा सहयोग हुँनेछ । व्यापार व्यावसायमा लगानि बडाउँदा राम्रो कमाई हुँनेछ । माया प्रेममा बिश्वासको बाताबरण बढेर जानेछ  भने भौतिक धन सम्पति लाभ हुँने समय रहेकोछ ।

तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते) राजनिति तथा समाजसेवामा जनताको आलोचनात्मक समर्थन पाईनेछ भने जनताको काम गर्न सक्दा मान सम्मान ईज्जत प्रतिष्ठामा बृद्धि भएर जानेछ । खोज तथा अनुशन्धानमा उपलब्धिमुलक नतिजा नआएपनि आगामि दिनहरुमा काम गर्न सहज हुँनेछ । आमा तथा आमा सरहका मानिस सँग टाडिएर देश परदेशको यात्रा गर्नुपर्दा मन खिन्न हुँनेछ । कृषि तथा पशुपालन व्यावसायलाई समय सापेक्ष आधुनिकिकरण गरि मनग्गे लाथ लिन सकिनेछ ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) दाजुभाई तथा छिमेकि सँगको सम्बन्धमा नयाँ आयाम थपिनेछ । पराक्रम बढ्ने हुनाले शाहशिलो काममा हात हाल्नुहोला सफलता मिल्नेछ । वादबिवाद तथा मुद्दामामिलामा तपाईकै जित हुँनेछ । माया प्रेममा सामिप्यता बढ्नुको साथै पति पत्नि बिच मायाको डोरो कसिलो भएर जानेछ । उद्योग ब्यापार ब्याबसायमा प्रशस्त आम्दानि हुँनेछ । छोटो तथा अर्थपुर्ण भ्रमणको तय हुँनेछ । बिद्यामा सोचेजस्तै सफलता पाईनेछ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) आफन्त तथा कुटुम्बसँगको सम्बन्ध सुमधुर भएर जानेछ । सामाजिक सभा समारोहमा सहभागि भई मिष्टान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुँनेछ भने बोलिको प्रभाब बढ्ने तथा महत्वपुर्ण कामहरु आज नै फत्ते गर्नु उचित हुँनेछ । पढाई लेखाईमा राम्रै प्रगति भएर जानेछ । व्यापार व्यावसायबाट मनग्गे आम्दानि हुँनेछ भने मनग्गे धन सम्पति हात लाग्ने योग रहेकोछ । माया प्रेममा बिश्वासको बाताबरण बढ्नेछ । 

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) आम्दानिका नयाँ नयाँ स्रोतहरु फेला पार्न सकिने तथा व्यापार व्यावसायमा लगानि गरि यथेष्ट लाभ लिन सकिनेछ । काम गरि अरुलाई प्रभावित पार्न सकिनेछ भने समाजमा मान सम्मानमा बृद्धि भएर जानेछ । अध्ययनमा प्रगति हुँनेछ भने अरुलाई पछि पार्दै नतिजा आफैतिर ल्याउँन सकिनेछ । राजनिति गर्नेहरुले राज्यबाट पद पाउँने समय रहेकोछ । बिलाशि बस्तुको प्रयोग मार्फत अरुको मन लोभ्याउँन सकिनेछ ।

कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा) अरुको काममा समय बित्ने तथा अरुको काम गर्न खोज्दा आफ्नो काम थाति रहनेछ । व्यापार व्यावसायमा प्रशस्त समय लगानि गर्दापनि आम्दानि थोरै हुँनेछ भने बिदेशमा उत्पादित सामानको व्यापार व्यावसाय फस्टाएर जानेछ । लामो दुरिको बिदेश यात्राको अधिक सम्भावना रहेकोछ भने बिदेशि सस्था तथा नियोग तिर काम पाउँने प्रशस्त सम्भावना रहेकोछ । सामान्य आखा सम्बन्धि समस्याले सताउँन सक्छ ध्यान दिनुहोला । 

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) न्यून पारिश्रमिकमा दिनभर काममा व्याaस्त हुँनुपर्दा मन खिन्न हुँनेछ । आर्थिक अभावले महत्वपुर्ण कामहरु थाति हुँनेछन् । लामो दुरिको बैदेशिक यात्राको तय हुँनेछ भने बिदेशि भुमिमा बसेर श्रम गर्नेहरुले मनग्गे रुपैया पैसा कमाउँन सक्नेछन् । खानपानमा ध्यान दिनुहोला स्वास्थ्य सम्बन्धि समस्या बढ्ने तथा औषधि उपचार खर्च बढेर जानेछ । अन्यकाममा सहभागि हुँदा पढाई लेखाई भने थाति रहनेछ ।

तपाईको दिन शुभ रहोस् । 
यूवा ज्योतिषि डिपि भण्डारी
ज्योतिष परामर्ष सेवा केन्द्र
काठमाडौं फोन न.९८०८३०७२७५

नोट  चिना तथा टिप्पन बनाउँन,चिना हेराउँन तथा बास्तुसँग सम्बन्धित जानकारिको लागि अवस्य सम्झनुहोला ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ज्योतिषि डीपी भण्डारी
ज्योतिषि डीपी भण्डारी

ज्योतिष परामर्ष सेवा केन्द्र, काठमाडौं

लेखकबाट थप