मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

विल स्मिथकी पत्नी जेडालाई कस्तो बिमारी छ ? कतै तपाईंलाई पनि छ कि ?

बुधबार, १६ चैत २०७८, १४ : २८
बुधबार, १६ चैत २०७८

उत्कृष्ट अभिनेताको ओस्कार अवार्ड जितेका विल स्मिथकी पत्नी जेडा पिकेंटको  एउटा रोग पछिल्लो र्दुुइ दिनदेखि चर्चामा छ ।

कारण थियो, ओस्कार अवार्ड समारोहको अवधिमा कमेडियन क्रिस रकले विलकी पत्नीको कपाललाई लिएर ठट्टा गर्नु र विल स्मिथले क्रिसलाई थप्पड हान्नुु ।

रकले जेडा पिंकेटको टाउकोको तुलना फिल्म ‘जीआई जेन’की अभिनेत्री डेमी मुरसँग गरेका थिए, जसले फिल्मका लागि आफ्नो कपाल खौरनु परेको थियो ।

क्रिस रकले यो तुलना जेडा पिंकेटका छोटो कपालको सन्दर्भमा गरेको मानिएको थियो । उनले  भनेका थिए,‘आइ लभ यू जेड । म जीआई जेन २ हेर्न बेचैन छु ।’ द म्याट्रिक्स फ्रेन्चाइजी र गोथम जस्ता फिल्ममा अभिनय गरेकी अमेरिकी अभिनेत्री जेडा पिंकेटले पहिला पनि कयौँ अन्तरवार्तामा आफ्नो कपाल बारे कुराकनी गरेकी थिइन् र कपाल झर्ने समस्या गम्भीर भएका कारण आफूले कपाल खौरनु परेको बताएकी थिइन् । 

जेडा पिंकेटलाई भएको छ एलोपेसियाः

जेडाले आफ्नो फेसबुक वाच सिरिज, रेड टेबल टकको सन् २०१८ को मे महिनाको एपिसोडमा आपूmलाई एलोपेसिया भएको बताएकी थिइन् ।

यस विषयमा  कुरा गर्न मुश्किल भएको उक्त भिडियोमा उनले बताएकी थिइन् ।

‘‘तपाईं टाउकोमा कपडा किन बाँध्नुहुन्छ ?’ मलाई सोधिन्थ्यो । किनभने मेरो कपाल झरिरहेको छ । पहिलो पटक यस्तो हुँदा मलाई असाध्यै डर लागेको थियो । एकदिन नुहाउँदा टाउकोबाट मुुठ्ठीभरी कपाल झर्यो । कतै तालुखुईले हुने त होइन ? मलाई डर लाग्यो,’ उनले थपिन् ।

‘त्यतिबेला म डरले काँपिरहेकी थिएँ । त्यसैले पनि मैले आफ्नो कपाल काटिदिएँ । म यो निरन्तर गरिरहेकी छु,’ उनको भनाई थियो ।

‘कपाल राख्ने वा नराख्ने विकल्प मेरा लागि अत्यन्त विशेष थियो तर एक दिन मलाई यो विकल्पले पनि काम गरेन,’ उनको दुखेसो थियो ।

उनले २०२१ डिसेम्बरमा इन्स्टाग्राम अकाउन्टमा भिडियो हालेर आपूm एलोपेसियासँग जुुझिरहेको बताएकी थिइन् ।

के हो एलोपेसिया ?

बेलायतको नेशनल हेल्थ सर्भिस (एनएचएस) का अनुसार एलोपेसिया एक इनफ्लेमेटरी रोग हो, जसमा कपाल झर्न थाल्छ । यसको असर कहिलेकाही नङमा पनि देखिन थाल्छ । धेरैजसो मामिलामा कपाल एकैसाथ बेस्सरी झर्छ र झरेको कपालको मुठै पनि देखिन थाल्छ । यसको सुुरुवात कुनैपनि उमेरमा हुन सक्छ र जो कोहीलाई पनि हुन सक्छ ।

दिल्लीमा ११ वर्षदेखि छाला रोग विशेषज्ञको रुपमा काम गरेकी डा. सोनाली चौधरीका अनुसार एलोपेसिया तालु खुइलिन एक मेडिकल शब्द हो, जहाँ विस्तारै–विस्तारै कपाल झर्न सुरु हुन्छ । पुरुष र महिलालाई फरक–फरक तरिकाबाट एलोपेसिया हुन सक्छ । यसको फरक–फरक असर हुन सक्छ ।

यो स्थितिमा सुरुमा कपाल पातलो हुन थाल्छ । पातलो भएपछि त्यो जरैदेखि निस्कन थाल्छ र उक्त ठाउँमा  कपाल झरेर नांगो हुन्छ ।

डा. सोनाली भन्छिन्, ‘एलोपेसियालाई हामी अटो इम्यून डिसअर्डर भन्न सक्दैनौँ । किनकी एलोपेसिया फरक–फरक किसिमको हुन्छ ।’ एलोपेसिया आनुवंशिक कारण र पोषणको कमीबाट पनि हुने उनको भनाई छ ।

डा. चौधरी भन्छिन्,‘केही मामिलामा तपाईंको रोग प्रतिरोधी शक्ति तपाईंकै विरुद्धमा काम गर्न थाल्यो भने पनि यस्तो हुन्छ । तपाईंको शरीरको रोग प्रतिरोधी शक्तिले कुनै पनि संक्रमणसँग लड्नुको सट्टा कपालमा हमला गर्न थाल्छ । तर यो सबै अवस्थामा हुँदैन । ’

 


के हो एलोपेसियाको प्रकार

डा. चौधरीका अनुुसार एलोपेसिया फरक–फरक प्रकार र चरणको हुने गर्छ । उनले भनिन्, ‘यसको एक प्रकार एलोपेसिया टोटेलिस हो, जसमा तपाईंको आँखी भौँ समेत झर्छ र एलोपेसिया युनिभर्सिलसमा पुरै शरीरको कपाल झर्छ । यस बाहेक एलोपेसिया एरियाटामा पनि कपाल झर्नु सामान्य प्रकार हो । यसैका कारण तालुखुुइले हुन जान्छ ।’

उनले एलोपेसियाको अन्य प्रकार पनि बताएकी छिन् । उनले भनिन्, ‘नन स्कारिङ एलोपेसिया महिलामा हुन्छ । यो आनुवंशिक कारणबाट हुने गर्छ । यो हाम्रो कपालको बीचबाट सुरु हुन्छ र जहाँबाट हामी आफ्नो सिउँदो बनाउँछौँ, त्यहाँबाट कपाल पातलो हुन सुरु हुन्छ र फेरि बिस्तारै–बिस्तारै झर्न थाल्छ ।

पुरुषमा एन्ड्रोजेनेटिक एलोपेसिया हुन्छ, जसमा धेरै पुरुषको कपालमा असर पर्छ । यसको पनि पाँच चरण छन् । कपालको रेखा पछाडी जान्छ र अगाडिको कपाल झर्छ ।

धेरैजसो टाउकोको अगडिको कपालमा रहेको हर्मनको उचार–चढावका कारण झर्न थाल्छ ।

के हो यसको उपचार ?

उपचारका लागि पहिले शरीरमा पोषणको स्थिति के छ त्यो हेरिने डा. बताउँछिन् ।

उनले भनिन्,‘केही यस्ता वस्तु छन् जसका कारण हाम्रो कपाल धेरै झर्ने गर्छन् । जस्तै आइरन वा बी–१२ को कमी । हामी डी–३, थाइरोइड प्रोफाइल, पीसीओएस पनि परीक्षण गर्छौँ, यसरी हामी भित्री अंगको समस्याको उपचार गर्ने गर्छौँ ।’

यदि त्यहाँ हामीले केही फेला पार्न सकेनौँ भने फेरी कपालको परीक्षण गरिन्छ । यसमा हर्मोनसँग जोडिएको समस्या हुन्छ । यसलाई ठीक गर्न केही मुश्किल हुन्छ ।

लक्षण को हो ?

आफ्नो कपाल कहिलेदेखि पातलो हुन थाल्यो त्यसतर्फ ध्यान दिनुपर्ने सोनाली बताउँछिन् । पुरुषमा यो रोगको बारेमा कुराकानी गर्दै उनले भनिन्, ‘तपाईंको निधार ठूलो भइरहेको छ वा  कपालको रेखा पछाडि धकेलिँदै छ भन्ने कुरामा याद गर्नुहोस् ।’

महिलाले पनि आफ्नो सिउँदो कतै फराकिलो त भइरहेको छैन भनेर हेर्नुपर्छ । आफ्नो टाउकोको छाला टाढैदेखि देखिएको त छैन भन्ने कुराको पनि हेक्का राख्नुपर्छ । 

युवतीहरूले आफ्नो कपाल विशेष रुपमा ध्यान राख्नु आवश्यक भएको उनले भनिन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप