सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

सर्लाहीको लालबन्दीमा कार दुर्घटनामा एकको मृत्यु, पाँच घाइते

बिहीबार, १७ चैत २०७८, ०९ : ३९
बिहीबार, १७ चैत २०७८

सर्लाहीको लाबन्दीमा कार दुर्घटनामा परेर एक जनाको मृत्यु भएको छ । पाँच जना घाइते भएका छन् । पूर्वपश्चिम लोकमार्गस्थित लालबन्दी नगरपालिका-१७, स्थित कालिन्जोर पुल नजिकै भारतीय नम्बर प्लेट बिआर ०६ बिएम १५ ३७ नम्बरको कार दुर्घटनामा परेको थियो । 

दुर्घटनामा कार चालक भारतको सितामढी जिल्लाको बयलडाबड धनुषी-२, का अन्दाजी २२ वर्षीय नवीन यादवको मृत्यु भएको हो । 

दुर्घटनामा गम्भीर घाइते भएका उनको कानबाट रगत बगेको अवस्थामा तत्काल उद्धार गरी गडीमाई अस्पताल लालबन्दी पुर्‍याइएको थियो । अस्पताल  पुर्‍याउने बित्तिकै चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको हो । मृतक यादवको सव परीक्षणका लागि प्रादेशिक अस्पताल मलंगवामा लगिएको छ । 

दुर्घटनामा कारमा सवार भारतको सितामढी जिल्लाको बयलडाबड धनुषी-२, का अतुल कुमार, उमेश भनिने दिव्यान्स यादव,  प्रिन्सराज राजपुत, बजरंगी भनिने सौरव यादव र भारतको मुजलफ्फरपुर रामनगरका अजित यादव घाइते भएका छन् । 

उनीहरुको पनि लालबन्दीस्थित गडीमाई अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको हो । तीब्र गतिमा रहेको कार अनियन्त्रित भई सडकबाट १० फिट तल गएर पल्टिएको थियो । दुर्घटनाको विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक माधवप्रसाद बुढाथोकीले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप