आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

आईपीएल : पहिलो जितको खोजीमा चेन्नई

बिहीबार, १७ चैत २०७८, ११ : १६
बिहीबार, १७ चैत २०७८

इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेट आज बिहीबार एक खेल हुँदैछ । साविकको विजेता चेन्नई सुपर किङ्सले लखनउ सुपर जाइन्टसँग प्रतिस्पर्धा गर्दैछ । मुम्बईमा हुने दुई टोलीबीचको खेल नेपाली समय अनुसार ७ः४५ बजे सुरु हुनेछ ।

पहिलो खेलमा कोलकाता नाइड राइडर्ससँग पराजित भएको चेन्नई आजको खेलमा जित निकाल्ने योजनामा छ । रवीन्द्र जडेजाको कप्तानीमा मैदान उत्रने चेन्नइले नवप्रवेशी टोली लखनउलाई चुनौती दिने लक्ष्य बनाएको छ । 

यता पहिलो खेलमा गुजरात टाइटन्ससँग पराजित भएको लखनउ आजको खेलमा सहज जित निकाल्दै प्रतियोगितामा दुई अंक जोड्ने योजनामा छ । ​केएल राहुलको कप्तानीमा रहेको लखनउलाई चन्नईविरुद्ध जित निकाल्न सहज भने छैन् ।  दुई टोलीले प्रतियोगिता अन्तर्गत आफ्नो दोस्रो खेल खेल्न लागेका हुन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप