आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

१० वर्षभित्र नेपाललाई एसियाको सम्पन्न देश बनाउने लक्ष्यमा छौं : सञ्चारमन्त्री कार्की

बिहीबार, १७ चैत २०७८, ११ : ४२
बिहीबार, १७ चैत २०७८

सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले १० वर्षभित्रमा नेपाललाई एसियाकै सम्पन्न देश बनाउने लक्ष्यका साथ सरकार अघि बढेको बताएका छन् । 

बिहीबार रिपोर्टस क्लब नेपालको २४ औं वार्षिकोत्सव कार्यक्रममा मन्त्री कार्कीले १० वर्षभित्रमा नेपाललाई एसियाकै सम्पन्न देश बनाउने लक्ष्यका साथ सरकार अघि बढेकाले यसमा सबैको साथ र सहयोग आवश्यक रहने बताए । 

सरकार प्रेस स्वतन्त्रता, अभिव्यक्ति स्वतन्त्रताप्रति प्रतिबद्ध रहेको बताउँदै उनले देशमा राजनीतिक परिवर्तनसहित उपलब्धि हासिल गरिएकाले अब विकास र समृद्धितर्फ अघि बढ्नुपर्ने बताए । 

नागरिकका अधिकार संविधानबाट सुनिश्चित गरिसकेको भन्दै उनले अब देशको विकास र समृद्धितर्फ ध्यान दिनुपर्ने बताए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप