आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

आर. मानन्धरको ‘कवितामा आकाश’ प्रकाशित

बिहीबार, १७ चैत २०७८, १३ : ३८
बिहीबार, १७ चैत २०७८

साहित्यकार आर. मानन्धरको ‘कवितामा आकाश’ कविता संग्र्रह प्रकाशित भएको छ । पुस्तकमा कविता, चिन्तन र दर्शन गरी तीन खण्ड छ । कविता खण्डमा आकाशको विषयमा मात्र केन्द्रित भएका उनान्चास कविता छन् । दोस्रो खण्डमा मानव र जगत्लाई लिएर चिन्तन गरिएका छत्तीस कवितात्मक रचना छन् । त्यस्तै, तेस्रो खण्डमा पूर्वीय आध्यात्मिक दर्शनले भरिएका तेत्तीस रचना छन् । ‘कवितामा आकाश’ पुस्तक मञ्जरी प्रकाशन गृहले पुस्तक बजारमा ल्याएको हो ।

साहित्यकार अमर न्यौपानेले ‘कवितामा आकाश’ पुस्तकलाई आकाश–काव्य भनेका छन् । मानव जीवन धरतीमा बाँचेपनि उभित्र आकाश, घाम, जून र ताराहरु उदाउने र अस्ताउने साहित्यकार न्यौपानेको तर्क छ । कवितामा भावना र विचार मात्र नभएर चिन्तन र दर्शन पनि संलग्न भएकोले सोही प्रभावमा आर. मानन्धरले ‘कवितामा आकाश’ रचना गरेको उनको भनाइ छ । 
मूलतः नेपालभाषामा लेख्ने मानन्धरको ‘क्षितिजको स्पर्श’ दर्शन–साहित्यको नेपाली भाषाको कृति हो । अंग्रेजीमा पनि उनका कृति प्रकाशित छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप