आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

सर्लाहीमा क्रेनको ठक्करले छात्राको मृत्युपछि तनाव

सीडीओलाई गृहमन्त्रीको फोन
बिहीबार, १७ चैत २०७८, १७ : ३४
बिहीबार, १७ चैत २०७८

सर्लाहीको बागमती नगरपालिका–७ स्थित निमीचोकमा क्रेनले ठक्कर दिँदा १७ वर्षीया सुमित्रा परियारको घटनास्थलमा मृत्यु भएको छ । साइकलमा सवार छात्राको मृत्युपछि दुईवटा स्कुलका विद्यार्थी र स्थानीयले आन्दोलन गरिरहेका छन् ।

स्थानीयले घटनास्थलबाट शव उठाउन नदिएको सर्लाहीका प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमले रातोपाटीलाई बताए । प्रजिअ गौतमले भने–‘वार्ताको प्रयास भइरहेको छ, राजनीतिक दलहरूसँग समन्वय गर्दैछु ।’ घटनास्थलमा करिव ८ सय विद्यार्थी र स्थानीय भेला भएर प्रदर्शन गरिरहेका छन् । क्रेन चालकलाई प्रहरीले पक्राउ गरेको छ । स्थानीयले छात्रलाई ठक्कर दिने क्रेन जलाएका छन् ।

सर्लाहीको दुर्घटनाबारे गृहमन्त्री बालकृष्ण खाणले प्रमुख जिल्ला अधिकारीलाई फोन गरेका छन् । दुर्घटनापछि सिर्जित परिस्थितिलाई शान्तिपूर्ण समाधान गर्न गृहमन्त्री खाणले प्रजिअलाई निर्देशन दिएको गृहमन्त्रीको सचिवालयले जनाएको छ ।

बागमती नगरपालिका ७ निमीचोकको भित्री सडक–खण्डमा गाजली चोकबाट बागमतीतर्फ जाँदै गरेको हाइड्रो (क्रेन) ले बागमतीबाट गाजली चोकतर्फ आउँदै गरेको साइकललाई ठक्कर दिँदा सुमित्राको मृत्यु भएको थियो । प्रहरीले भिडलाई नियन्त्रणमा लिन र सडक खुलाउन ६ राउण्ड अश्रुग्यास फायर गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप