सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

नाट्टाको निर्वाचन सम्पन्न, ९० प्रतिशत मत खस्यो (तस्बिरसहित)

बिहीबार, १७ चैत २०७८, १९ : ०६
बिहीबार, १७ चैत २०७८

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल्स (नाट्टा) को निर्वाचन सम्पन्न भएको छ । बिहीबार राजधानीमा दिउँसो १ बजेबाट शुरु भएको निर्वाचन साँझ ५ बजे सम्पन्न भएको हो । 

नाट्टाको कुल ४४९ सदस्य (भोटरहरु) मध्ये  ४०६ मत खसेको नाट्टाका वर्तमान कार्यसमितिका वरिष्ठ उपाध्यक्ष समेत रहेका अध्यक्षका उम्मेदवार बिनय बस्नेतले रातोपाटीलाई जानकारी दिए । जुन कुल भोटर संख्याको ९०.४२ प्रतिशत मत हो । निर्वाचनबाट प्राप्त मत अबको केही समयपछि नै गणना शुरु गरिने बस्नेतले जानकारी दिए । 

यस निर्वाचनले नाट्टाको भावि नेतृत्वका लागि एक अध्यक्षसहित दुई उपाध्यक्ष, महासचिव, सचिव, कोषाध्यक्ष र सहकोषाध्यक्षसहित ८ कार्यसमिति सदस्य चयन गर्नेछ । यसपटको नाट्टाको निर्वाचनमा स्पष्ट दुई प्यानलमा आकांक्षी उम्मेदवारहरु आमन्नेसामन्य भएका छन् । एकातर्फको नेतृत्व नाट्टाका वर्तमान कार्यसमितिका उपाध्यक्ष रमेश थापाले गरेका छन् भने अर्कोतर्फको नेतृत्व वरिष्ठ उपाध्यक्ष बिनय बस्नेतले गरेका छन् । वर्तमान नाट्टाको अध्यक्षमा अच्युत गुरागाईं रहेका छन् ।    

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप