सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

एमाले परित्याग गर्ने गाउँपालिका अध्यक्षसहित चार वडा सदस्य कारबाहीमा

शुक्रबार, १८ चैत २०७८, १० : ४४
शुक्रबार, १८ चैत २०७८

नेकपा एमाले पार्टी परित्याग गर्ने चार जनप्रतिनिधि कारबाहीमा परेका छन् । एक गाउँपालिका अध्यक्ष र तीन वडा सदस्यलाई एमालेले कारबाही गरेर पार्टीबाट निष्कासनको निर्णय गरेको हो ।

बलेफी गाउँपालिका, सिन्धुपाल्चोकका अध्यक्ष केदार खत्री क्षेत्रीलाई पार्टीबाट निष्काशन गरेको एमालेले तीन वडा सदस्यलाई पनि कारबाही गरेको छ । खत्री गत २४ फागुनमा एमाले परित्याग गरी नेपाली कांग्रेस प्रवेश गरेका थिए ।

तुलसीपुर उपमहानगरपालिका(१५ का वडा सदस्य जानुका रेग्मी, वडा(४ की वडा सदस्य डिला परियार, वडा(७ का दीपक कुमाललाई सधारण सदस्यसमेत नरहने गरी पार्टीबाट निष्कासन गरिएको एमालेले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप