मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

बेसारले क्यान्सरको उपचार, के सम्भव छ ?

शुक्रबार, १८ चैत २०७८, १३ : २३
शुक्रबार, १८ चैत २०७८

नेपालसमेत सबै दक्षिणी एशियाली देशको भान्सामा बेसारको प्रयोग हुनेगर्छ । तर के बेसार स्वादका लागि मात्रै प्रयोग हुन्छन् ? वा यसले हाम्रो स्वास्थ्यलाई राम्रो बनाउनेदेखि लिएर हामीलाई क्यान्सरसबाट जोगाउन सक्छ त ?

तपाईंले यस्ता हज्जारौँ लेख पाउनुहुनेछ, जसमा बेसारले कसरी छाती पोल्ने, अपचदेखि गम्भीर रोग–मधुमेह, डिप्रेशन, अल्जाइमरसम्मको उपचार गर्न सक्ने बताइएका हुन्छन् । यहाँसम्म कि यसले क्यान्सरको पनि उपचार हुनसक्छ भनेर बताइन्छ ।

बेसारमाथि हज्जारौँ अध्ययन भइसकेका छन् । यसमा भएको एउटा यौगिक तत्व यसको औषधीय गुणका लागि जिम्मेवार हुन्छ भन्ने मान्यता राखिन्छ । र त्यो तत्व हो – करक्यूमिन ।

मुसामाथि गरिएको अनुसन्धानमा पत्ता लागेअनुसार करक्यूमिनको अत्यधिक मात्रा विभिन्न प्रकारको क्यान्सर बढ्नबाट रोक्न सफल रहेको छ । तर बेसारमा दुई तीन प्रतिशत करक्यूमिन हुन्छ  र हामीले यसको सेवन गर्दा त्यति नै मात्रा यो हाम्रो शरीरमा अवशोषित हुन पाउँदैन । यद्यपि, खानामा बेसारको सामान्य मात्रा कति हुनुपर्छ भन्ने कुरा लिखित अध्ययनमा निकै कम स्थानमा बताइएको छ ।

त्यसैले बेसारको थोरै मात्राको लगातार प्रयोगले हाम्रो स्वास्थ्यलाई राम्रो बनाउन सक्छ त ? वा रोगबाट टाढा रहन हामीले बेसारमा पाइने सप्लिमेन्ट वा करक्यूमिनको प्रयोग गर्नुपर्छ ? यसबारे अनुसन्धान गरी जानकारी दिइएको छः

कसरी गरियो अनुसन्धान ?

यसबारे थाहा पाउनका लागि हामीले बेलायतमा बेसारको स्वास्थ्यमाथि हुने असर बारे भइरहेको अनुसन्धान हेर्यौँ ।

हामीले न्युक्यासल युनिभर्सिटीसँग मिलेर एक अनुसन्धान सुरु गर्यौँ । यसमा सय स्वयंसेवकलाई समावेश गरियो । यसमा मानिसलाई तीन समूहमा बाँडियो ।

पहिलो समूहलाई हरेक दिन एक चम्चा बेसार खुवाइयो । दोस्रो समूहलाई यति नै बेसारको सप्लिमेन्टको दिइयो । तेस्रो समूहलाई बेसार भनेर कुनै अन्य चिज नै दिइयो ।

हामीले उनीहरुको ब्लड स्याम्पलमा तीन प्रकारको परीक्षण गर्यौँ । पहिलो परीक्षणमा बेसार खाने व्यक्तिको रक्त कोसिकाले जलन (इन्फ्लामेसन) लाई कसरी प्रतिरोध गर्छ र उसको प्रतिरक्षा प्रणाली कत्तिको स्वस्थ छ भन्ने कुरा देखायो ।

यसले बेसारले मधुमेहजस्ता दीर्घकालीन रोगलाई असर गर्न पर्याप्त मात्रामा जलन कम गर्न सक्छ कि भनेर जान्न मद्दत गर्न सक्छ । यो परीक्षण न्युक्यासल युनिभर्सिटीमा पिबी बायोसाइन्सले विकसित गरेको थियो । यसलाई अक्सिडेटिभ स्ट्रेस टेस्ट भनिन्छ ।

दोस्रो चरणको परीक्षमा श्वेत रक्त कोसिकाको गन्ती गरियो । डिएनएन परीक्षणका लागि यो नतिजाको आवश्यकता थियो । तर यसको विश्लेषणले हामीलाई अनुसन्धानमा समावेश मानिसको प्रतिरोधी क्षमताको स्थितिको पनि संकेत दियो ।

तेस्रो परीक्षण युनिभर्सिटी कलेज लण्डनको तर्फबट विकसित गरिएको थियो । यसमा डिएनएको मेथिलेशनबारे पत्ता लगाइयो । बेसारको क्यान्सर रोधी गुणबारे पत्ता लगाउनका लागि यसका लागि अनुसन्धान गरिएको थियो ।

न्युक्यासल युनिभर्सिटीमा जुन अक्सिडेटिभ स्ट्रेस विकसित गरिएको थियो, त्यस अनुसार अनुसन्धानमा समावेश गरिएका तीनै समूहका मानिसमा अक्सिडेटिभ स्ट्रेसको लेभल बराबर छ ।

हाम्रो प्रतिरोधी क्षमतामा मौसम परिवर्तनको असर हुन्छ । सनबर्न (घामले डढ्दा) अक्सिडेटिभ स्ट्रेसलाई बढाइदिन्छ । ६ हप्तामा यस्तो खालको परिवर्तन सबै तीन समूहका व्यक्तिमा देखिन थाल्यो ।

श्वेत रक्त कोसिकाको गन्तीबाट तीनै समूहमा प्रतिरोधी कोसिकामा कमी आएको पत्ता लाग्यो । सबै समूहमा यो बराबर घाटा हो ।

बेसारको नाममा केही अरु नै लिने वा बेसारको सप्लिमेन्ट लिनेको डिएनए मेथिलेशनमा कुनै अन्तर थिएन । तर जसले खानामा बेसारको प्रयोग गरिरहेका थिए उनीहरुको मेथिलेसशनको प्याटर्नमा अन्तर थियो ।

युसीएलको अनुसन्धाताले एक जिनमा नाटकीय परिवर्तन देखे । र यो जिन चिन्ता, दम, एक्जिमा र क्यान्सरको जोखिमसँग जोडिएको थियो । यो जिनको गतिविधिमा परिवर्तन देखिएको थियो ।

कस्ता नतिजा देखिए ?

यसको सकारात्मक असर हुन्छ वा नकारात्मक, यसबारे निष्कर्ष निकाल्न अहिले नै छिटो हुनेछ । तर बेसारका कारण जिनको गतिविधिमा यो परिवर्तन फाइदाजनक साबित हुनसक्छ ।

तर यहाँ एउटा कुरा भन्नै पर्छ । अनुसन्धाताले अनुसन्धानमा समावेश व्यक्तिको ब्लड स्याम्पलमा करक्यूमिन (बेसारसँग सम्बन्धित दोस्रो यौगिक) को स्तरको विश्लेषण गरेको थिएन ।

एउटा कारण यो पनि हुनसक्छ कि जसले खाना बनाउन बेसारको प्रयोग गरिरहेका थिए उनीहरुले आफ्नो खानामा परिवर्तन गरेका पनि हुनसक्छन् । यसले मेथिलेशनमा परिवर्तन भएको हुनसक्छ । यद्यपि, यो बेसारको असर भने थिएन ।

खानामा बेसार र बेसार सप्लिमेन्टको प्रयोगमा के फरक छ ?

खाना पकाउँदा बेसारको प्रयोगले हाम्रो शरीरमा कर्क्युमिन अवशोषणको स्तर निर्धारण गर्छ भन्ने बुझिन्छ । करक्यूमिन लिपोफिलिक हुन्छ । यसको अर्थ यो बोसोसँग मिल्ने गर्छ । त्यसैले जब हामी खाना बनाउन तेलको प्रयोग गर्छौँ करक्युमिन तेलसँग मिल्ने गर्छ र यो निकै सजिलै हाम्रो पेटमा अवशोषित हुन्छ । कालो मरिचले पनि यही काम गर्छ । यसमा पाइने पिपरिन नामको एउटा यौगिकले यो काम गर्न सक्छ । यसले हाम्रो शरीरमा थप करक्यूमिन अवशोषित गराउन मद्दत गर्छ । त्यसैले बेसार, कालो मरिच र तेललाई मिसाएर खाना बनाउनु राम्रो सम्मिश्रण हुनसक्छ ।

बेसारले हाम्रो जीनको व्यवहारमा कस्तो प्रभाव पार्छ र हाम्रो स्वास्थ्यमा यसलाई पु‍र्याउने यसको संयन्त्र कस्तो छ भन्ने कुरा पत्ता लगाउनको लागि गरिएको यो अनुसन्धान बारे धेरै उत्साह थियो ।

यी अध्ययनहरूले देखाए अनुसार क्यान्सर रोकथाम एजेन्टको रूपमा बेसारमाथि थप अनुसन्धान गर्न सकिन्छ । अर्थात्,  यसमा क्यान्सरको विकास रोक्न सक्ने क्षमता हुन सक्छ ।

बेसार स्वास्थ्यका लागि फाइदाजनक हुनसक्छः

यद्यपि, क्यान्सर (वा हृदय रोग) जस्ता दीर्घकालीन रोगहरूको विकासको जोखिमलाई कम गर्ने तरिका पत्ता लगाउन धेरै गाह्रो छ । त्यसकारण, कुनै पनि परीक्षण जसले यी रोगहरूको सही प्रारम्भिक चेतावनी दिन्छ वा सम्बन्धित जोखिममा हल्का परिवर्तनहरू पत्ता लगाउन पर्याप्त संवेदनशील छ, त्यो निकै महत्वपूर्ण हुन्छ ।

अनुसन्धानका नतिजाहरूले यो पनि देखाउँछन् कि लगातार थोरै मात्रामा बेसारको सेवनले हाम्रो शरीरमा सकारात्मक प्रभाव पार्न सक्छ । अहिले यो अनुसन्धान प्रारम्भिक चरणमा छ ।

तर यो भन्न सकिन्छ कि बेसारले तपाईंलाई धेरै पुरानो रोगहरूबाट बचाउन मद्दत गर्दछ । त्यसैले खानामा बेसारको प्रयोगले तपाईंको स्वास्थ्यमा सुधार ल्याउन सक्छ ।

बीबीसी

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप