मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

पाटनमा यसरी एकल घोडा दौडाएर मनाइयो घोडेजात्रा (तस्बिरहरु)

शुक्रबार, १८ चैत २०७८, १६ : २४
शुक्रबार, १८ चैत २०७८

ललितपुरको पाटनवासीले पनि घोडेजात्रा मनाएका छन् । घोडेजात्रा पर्वका अवसरमा पाटनमा पनि यो जात्रा छुट्टै मनाइएको हो ।  चैत कृष्ण औँसीका दिन पाटनमा एकल छुट्टै घोडेजात्रा मनाउने चलन रहदै आएको छ । टुडिखेलको अलववा पाटनमा मनाइने एकल घोडेजात्रामा पाटन मङ्गलबजारबाट शुरु गरी बलखुटोल, च्यासल, भोल गणेश हुँदै बालकुमारी मन्दिर वरपर तीन पटक परिक्रमा गरी घोडा घुमाउने चलन रहेको छ । विशेषगरी पाटनमा एउटा आखा नभएको घोडा कुदाउने गरिन्छ ।

पाटनको एकल घोडेजात्रा लोकप्रिय जात्रा हो । पाटनको बालकुमारीमा हुने पाटनको ओल्खु चिबहाः टोलको ज्यापुको भीमसेन गुठीले यो जात्रा सम्पन्न गर्दै आएको छ । यो एकल घोडेजात्रालाई कतै –कतै जँड्याहा घोडेजात्रा भनेको पाइन्छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप