आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

भिभोले रंग परिवर्तन हुने ग्लास विशेषताको फोन ल्याउँदै

शुक्रबार, १८ चैत २०७८, १६ : २७
शुक्रबार, १८ चैत २०७८

भिभोले भि श्रृंखलामा नयाँ स्मार्टफोन सार्वजनिक गर्ने तयारी गरेको छ । भि २३ फाइभजी चाडै नै नेपाली बजारहरूमा उपभोक्ताहरूका लागि उपलब्ध कम्पनीले जनाएको छ ।  भि२३ फाइभजी विशिष्ट रगं परिवर्तन हुने ग्लास डिजाइन र फाइभजी कनेक्टिभिटी साथ आउने जनाइएको छ ।  

समाचारअनुसार भि श्रृंखलाका फोन भएकाले सेल्फी क्यामेरा यसको प्रमुख फोकस क्षेत्र हुनेछ । यो उपकरण सबै फोटोग्राफी र भिडियोग्राफी प्रेमीहरू, डिजिटल सामग्री सिर्जनाकर्ताहरू र भ्लगरहरूका लागि उपयुक्त हुने कम्पनीले जनाएको छ । 

भिभो भि २३ फाइभजी अगाडिको प्यानलमा उत्कृष्ट ५० एमपी अटोफोकस पोट्रेट सेल्फी सुविधाको साथ सुसज्जित हुने जनाइएको छ । स्मार्टफोनले स्पष्ट, स्थिर र उज्यालो तस्बिर मात्र नलिएर यसको शिष्ट कार्यसम्पादनले फोटोग्राफरको मज्जा पनि थप्ने दाबी गरिएको छ । 

यसबाहेक, भिभोले पछाडिपट्टि अद्भुत रङ परिवर्तन हुने ग्लास फिचर गरेको छ जसले उपकरणलाई ग्राहकहरूको लागि आकर्षक वस्तु बनाएको बताइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप