मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

‘म सेख मुजिब’ बङ्गलादेशमा मञ्चन

शनिबार, १९ चैत २०७८, १० : २१
शनिबार, १९ चैत २०७८

काठमाडौँ । बङ्गलादेशको ५०औँ स्वतन्त्रता दिवस तथा त्यहाँका राष्ट्रपिता बङ्गबन्धुको जन्मजयन्तीको अवसरमा बङ्गलादेशको विश्वविद्यालयमा रङ्गकर्मी राजकुमार पुडासैनीद्वारा निर्देशित तथा अभिनित अनिसुर रेहमानद्वारा लिखित काव्यात्मक नाटक ‘म सेख मुजिब’ मञ्चन गरिएको छ । 

जहाँगिरनगर विश्वविद्यालयको निमन्त्रणामा नेपाली नाट्य संस्था वन वर्ल्ड थिएटरका रङ्गकर्मीले उक्त कार्यक्रममा सो नाटक मञ्चन गरेका हुन् । यसअघि सो थिएटरले सन् २०२० मा पहिलो पटक उक्त नाटक मञ्चन गरेको थियो । 

नाटकलाई नेपाली र अङ्ग्रेजी भाषामा तयार गरी मञ्चन गरिएको थियो । बङ्गलादेशमा उक्त नाटक मञ्चन हुँदा केही प्रतीकात्मक संवाद बङ्गाली भाषामा पनि प्रस्तुत गरिएको थियो; जसका लागि विश्वविद्यालयका प्राध्यापक मोहिबुर रउफ सैबल, नवरिन निपु, रिदी बसाकले साथ दिएका थिए । साताव्यापी भ्रमणका क्रममा रङ्गकर्मी पुडासैनीले बङ्गलादेशमा कार्यशाला सञ्चालन गर्ने वन वर्ल्ड थिएटरले जनाएको छ । वन वर्ल्ड थिएटर काठमाडौँमा सक्रिय नाट्य संस्था हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप