मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

राजधानीको पेट्रोल पम्पमा नाकाबन्दीको झल्को, तस्बिरहरू

शनिबार, १९ चैत २०७८, १० : ५४
शनिबार, १९ चैत २०७८

पेट्रोलियम पदार्थको बिक्रीबापतको कमिसनको रकम नपाएको भन्दै आयल निगम अमलेखगञ्जका ढुवानी व्यवसायीले शुक्रबारदेखि पेट्रोलियम पदार्थ ढुवानी ठप्प पारेका छन् । पेट्रोलको ढुवानी ठप्प हुँदा तीनवटा प्रदेशका उपभोक्ता प्रभावित बनेका छन् ।

 नेपाल आयाल निगमले यसअघि डिलरहरूले खाइपाई आएको कमिसन कटौति गरेपछि आन्दोलित भएका ग्याँस डिलरहरूले पूर्ववत् अवस्थामा कमिसनको व्यवस्था नभए अनिश्चितकालका लागि पेट्रोलियम पदार्थको बिक्री वितरण रोक्ने चेतावनी दिएका छन् । पछिल्लो समय लगातारको मूल्यवृद्धिका कारण निगमले पेट्रोलियम पदार्थमा दिँदै आएको कमिसन फागुन १९ गतेदेखि कटौती गरेको छ । पेट्रोलियम पदार्थ ढुवानी ठप्प पारेसँगै काठमाडौँका धेरै पेट्रोल पम्पहरू बन्द छन् भने खुलेका पम्पहरुमा शुक्रबार साँझदेखि लाइन देखिएको छ । हेरौँ रातोपाटीका फोटोपत्रकार कृष्ण खड्का र सुवास श्रेष्ठले कैद गरेका  तस्बिरहरू :

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप