बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

टी-ट्वान्टी अन्तर्राष्ट्रियमा रोहितको पहिलो अर्धशतक

शनिबार, १९ चैत २०७८, १३ : ३६
शनिबार, १९ चैत २०७८

त्रिकोणात्मक टी-ट्वान्टी अन्तर्राष्ट्रिय सिरिजमा नेपालले मलेसियासँग प्रतिस्पर्धा गर्दैछ । त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालका लागि तेस्रो नम्बरमा ब्याटिङ गर्न आएका रोहित कुमार पौड्यलले अर्धशतक प्रहार गरेका छन् ।

३४ बल खेलेका उनले ५ चौका प्रहार गर्दै ५१ रन बनाए आउट भए । नेपालका लागि दिपेन्द्र सिंह ऐरीले ४६ रन बनाएका छन् । नेपालले तेस्रो ओभरको तेस्रो बलमा अफ्नो पहिलो विकेट गुमायो । नेपालका ओपनर कुशल भुर्तेललाई मलेसियाका मोहम्द वाफिकले १२ रनमा एलबीडब्लू आउट गराए ।

नेपालले चौथो ओभरको दोस्रो बलमा आफ्नो दोस्रो विकेग गुमायो । नेपालका आसिफ शेखलाई पवनदीप सिंहले १८ रनमा क्याच आउट गराए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप