मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

लुम्बिनीमा १३ लाख बढी बालबालिकालाई टाइफाइडको खोप लगाइने

शनिबार, १९ चैत २०७८, २० : ५५
शनिबार, १९ चैत २०७८

लुम्बिनीका प्रदेशमा टाइफाइड विरुद्धको खोप लगाइने भएको छ।  लुम्बिनी प्रदेश स्वास्थ्य निर्देशनालयले टाइफाइडका बिरामीहरू बढ्ने देखिएपछि प्रदेशका सबै जिल्लाहरूमा १३ लाख बढीलाई खोप लगाउने तयारी गरेको जनाएको छ ।

लुम्बिनी प्रदेश स्तरीय पत्रकार अन्तरक्रिया कार्यक्रममा टाइफाइडबाट बच्नको लागि खोप लगाइएको जानकारी निर्देशनालयका  प्रवक्ता रोशनलाल चौधरीले दिए । उनले लुम्बिनीमा १३ लाख १३ हजार ९ सय ८९ लाई टाइफाइड विरुद्धको खोप लगाइने बताउँदै भारतमा उत्पादित खोपको प्रभावकारिता ९६.९५ प्रतिशत रहेकोले डर नमानी खोप लगाउन आग्रह गरे ।

चैत २२ गतेदेखि सुरु हुने खोप अभियान चैत २८ गतेसम्म सञ्चालन हुनेछ। विद्यार्थीहरूको वार्षिक परीक्षा भएकोले वैशाख पहिले नै खोप अभियान सकिने स्वास्थ्य निर्देशनालयले जनाएको छ। दूषित पानीको कारणले लाग्ने टाइफाइड, अस्पताल भर्ना हुनेको कारण मध्ये चौथो कारण भएकोले अभियान नै सुरु गरेर कार्यक्रम गर्न लागिएको स्वास्थ्य कार्यालय रुपन्देहीका खोप अधिकृत भेषराज शर्माले  बताए।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप