सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

नेपालगञ्ज र धरानपछि धनगढीमा ट्राभलमार्ट हुँदै

आइतबार, २० चैत २०७८, १८ : ४५
आइतबार, २० चैत २०७८

नेपालगञ्ज र धरानपछि पश्चिम धनगढीमा ट्राभलमार्ट आयोजना हुने भएको छ । नेपाल पर्यटन बोर्डको आयोजनामा धनगढी उपमहानगरपालिकाको सहआयोजना र नाट्टा फारवेष्टको संयोजनमा यहीँ चैत २५ गतेदेखि २७ गतेसम्म धनगढीमा फारवेष्ट ट्राभलमार्ट आयोजना हुने भएको हो ।

कोभिड–१९ पछि सुस्ताएको पर्यटन व्यवायलाई प्रवद्र्धन गर्ने उद्देश्यसहित पर्यटन बोर्डले सीमावर्ति (बोर्डर क्षेत्र) मा पर्यटन गतिविधि बढाउन यस्तो मार्टको आयोजना गरिरहेको छ । नेपालका विभिन्न प्रदेशका पर्यटन व्यवसायीहरूको व्यवसायिक गतिविधिहरूको विकास, विस्तार र अन्तर्राष्ट्रिय स्रोत–बजारका टुर अपरेटरहरूसँग व्यवसायिक सम्बन्ध स्थापित गर्न प्रत्येक प्रदेशमा ‘प्रादेशिक ट्राभल मार्ट‘ को आयोजना गर्ने नेपाल पर्यटन बोर्डको आर्थिक वर्ष २०७८÷७९ को नीति तथा कार्यक्रम अनुरुप मार्ट आयोजना गर्न लागिएको पर्यटन बोर्डका कार्यकारी प्रमुख डा. धनन्जय रेगमीले जानकारी दिए ।

फारवेष्ट ट्राभल मार्ट २०२२ मा वियुटीफुल फारवेष्ट, सुक्ला टु अपी सैपालको ब्रान्डिङ गरि समग्र सुदूरपश्चिमको पर्यटन प्रवद्र्धन गरिने पर्यटन बोर्डको योजना रहेको छ । यस मार्टमा नाट्टा फारवेष्टकासाथै स्थानीय पर्यटन सम्बद्ध संस्थाहरुकोसहभागिता समेत रहनेछ । यस अघि बोर्डले नेपालगञ्ज उपमहानगरपालिका र धरान उपमहानगर पािलकासँगको समन्वयमा नेपालजञ्जमा वेस्त टुरिजम मार्ट र धरानामा ईष्ट टुसरजम मार्ट सम्पन्न गरिसकेको छ । 

फारवेष्ट ट्राभल मार्ट २०२२ मा सिमावर्ती भारतीय शहरहरु लखिमपुर, बरेली, रुद्रपुर, नैनीताल, देहरादुनर भारतको राजधानी दिल्लीबाट करिब ४० जना टुर अपरेटरहरुलाई क्रेताको रुपमासहभागी गराई प्रदेशका टुर अपरेटर, होटेल व्यवसायी तथा पर्यटन सेवा प्रदायकहरु बीच यस क्षेत्रका टुर प्याकेजहरु बिक्री प्रवद्र्धन गर्ने विषयमा व्यवसायिक अन्तरक्रिया बी टु बी (बिजनेश टु बिजनेश) गराइने बोर्डका वरिष्ठ निर्देशक हिक्मत सिंह ऐरजे बताए । साथै भारतबाट केही ब्लगर र सञ्चारकर्मीहरुलाई समेत मार्टमा आमन्त्रितगरि पर्यटकीय गन्तब्य तथा गतिविधिहरुको प्रचार प्रसार गरिने उनले जानकारी दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप