मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

किन गन्हाउँछ पसिना ?

सोमबार, २१ चैत २०७८, ११ : ४६
सोमबार, २१ चैत २०७८

गर्मी मौसममा पसिना आउनु सामान्य हो । तर, पसिनासँगै दुर्गन्ध आउनु भने समस्या हो । दुर्गन्धले लज्जित बनाउँछ । तर, पसिनाको दुर्गन्ध किन आउँछ भन्ने कुरालाई भने विशेष ध्यान दिनुपर्छ । पसिनाको दुर्गन्धले विभिन्न रोगको संकेत पनि गर्ने गर्छ । 

शरीरमा आउने दुर्गन्ध के हो ? 
पसिना छालामा भएको ब्याक्टेरियाको सीधा सम्पर्कमा आएपछि दुर्गन्ध पैदा हुन्छ । पसिना को आफ्नै बास्ना हुँदैन । तर, छालामा हुने ब्याक्टेरिया पसिना सँग मिलेर दुर्गन्ध पैदा गराउँछ । र, शरीरबाट अमिलो, तिखो, प्याज जस्तो बास्ना आउँछ । 

पसिनाको मात्राले शरीरको गन्धलाई प्रभावित गर्दैन । यदि कसैको शरीरमा पसिना आउँदैन भने पनि उनको शरीरमा गन्ध भने आउँछ । तर, कसैको शरीरमा अत्यधिक पसिना आउने भए पनि उनको शरीर गन्हाउँदैन । शरीरमा हुने ब्याक्टेरियाले पसिना गन्हाउने वा नगन्हाउने कुराको तय गर्दछ । छालाको सतहमा हुने पसिना ग्रन्थीहरुबाट पसिना आउँछ । शरीरमा दुई प्रकारका एक्क्राइन र एपोक्राइन ग्रन्थीहरु हुन्छ । शरीरमा गन्ध पैदा गर्नेमा एपोक्राइन ग्रन्थी जिम्मेवार हुन्छ । 

एक्क्राइन ग्रन्थी 
यो छालाको सतहमा पसिना ल्याउने ग्रन्थी हो । पसिना सुक्नेवित्तिकै छालालाई चिसो बनाउने र शरीरको तापक्रम सन्तुलनमा राख्न मद्दत गर्छ । शरीरमा यसले गन्ध पैदा गर्दैन । शारीरिक कसरत गर्दा, गर्मीको कारण पसिना आउँछ र सुक्दै जान्छ । 

एपोक्राइन ग्रन्थी
यसले पसिना उत्पादन गर्छ । जुन छालाको ब्याक्टेरियाको सम्पर्कमा आएर दुर्गन्ध पैदा गर्छ । 

यी खानेकुराको सेवनले पैदा गर्छ दुर्गन्ध 
पसिना आउनु प्राकृतिक प्रक्रिया हो । तर, केही खानेकुराको सेवनले भने शरीरमा दुर्गन्ध पैदा गराइदिन्छ । 
लसुन
प्याज
पात गोभी
ब्रोकाउली
काउली
रातो मासु 
क्याफिन 
मसालेदार खानेकुरा 
मदिरा 

के कारणले आउँछ पसिनाको दुर्गन्ध ? 
पसिनाको दुर्गन्ध आउने धेरै कारणहरु छन् । औषधिको सेवन, सप्लिमेन्ट जस्ता कुराहरुको सेवनले पसिनामा दुर्गन्ध आउँछ । केही रोगहरुका कारण पनि पसिनामा दुर्गन्ध आउँछ । 
मधुमेह
मनोपोज
बाथ 

ओभरएक्टिभ थाइराइड
कलेजोको रोग
मिर्गौलाको रोग
संक्रामक रोग 

यदि मधुमेह छ र पसिनाको गन्धमा परिवर्तन आइरहन्छ भने त्यसलाई मधुमेहको केटोएसिडोसिसको संकेत मानिन्छ । हाई किटोनको मात्राका कारण रगत एसिडिक हुन जान्छ र पसिनाको नमिठो गन्ध आउँछ । कलेजो र मिर्गोलामा समस्या हुँदा शरीरमा टक्सिनको मात्रा जम्मा हुन जान्छ र दुर्गन्ध पैदा हुन्छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप