सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

बागलुङ एमालेमा ५५५५ सदस्यीय निर्वाचन परिचालन कमिटी गठन

सोमबार, २१ चैत २०७८, १२ : १०
सोमबार, २१ चैत २०७८

नेकपा एमाले जिल्ला कमिटी बागलुङले बैशाख ३० मा हुने स्थानीय तह निर्वाचनका लागि ५५५५ सदस्यीय मुल निर्वाचन परिचालन कमिटी गठन गरेको छ । सोमबार बसेको एमाले बागलुङ जिल्ला कमिटीको दोस्रो बैठकले पार्टी अध्यक्ष हिराबहादुर केसीको संयोजकत्वमा स्थानीय निर्वाचनलाई व्यवस्थित रुपमा परिचालन गर्न निर्वाचन परिचालन कमिटी गठन गरेको अध्यक्ष केसीले जनाएका छन् ।

त्यस्तै बैठकले जिल्लाका १० वटै स्थानीय तह पालिकास्तरीय चुनावी प्रतिवद्धता तयार पार्न सचिव विष्णु भुसालको संयोजकत्वमा संयोजन समिति गठन गरेको छ । साथै स्थानीय तह निर्वाचन लक्षित प्रचारप्रसारका लागि ५०१ सदस्यीय प्रचार प्रसार समिति गठन गरेको बैठकपछि जारी विज्ञप्तिमा उल्लेख छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप