सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

जाजरकोटमा चुनावी तालमेल गर्ने गठबन्धनको निर्णय

सोमबार, २१ चैत २०७८, १४ : ४६
सोमबार, २१ चैत २०७८

आगामी स्थानीय चुनावमा सत्तारुढ दलले जाजरकोटमा तालमेल गर्ने सहमति गरेका छन् । केन्द्रीय निर्देशनअनुसार जिल्लामा नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादी केन्द्रको बैठकले चुनावी तालमेल गरेर अगाडि बढ्ने निर्णय गरेका हुन् ।

गठबन्धनको काम, कारबाहीलाई व्यवस्थित बनाउन र आवश्यक तयारीका लागि पार्टी प्रमुखसहित एक दलबाट ३ जनाको दरले १२ जनाको सत्ता गठबन्धन दलको जिल्ला स्तरीय संयन्त्र निर्माण गर्ने समेत निर्णय गरिएको चार दलद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

पालिका स्तरमा सत्ता गठबन्धनको मर्ममा खलल पर्ने गरी कुनै पनि गतिविधि सञ्चालन र अभिव्यक्ति सार्वजनिक नगर्न पनि गठबन्धन दलले आफ्ना नेता कार्यकर्तालाई निर्देशन दिएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप