गगन थापा नेतृत्वको घोषणापत्र तयारी समितिले पायो पूर्णता, आरजुसहित २७ सदस्य मनोनित (सूचीसहित)
सोमबार, २१ चैत २०७८, १९ : ४६
नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले "स्थानीय तह निर्वाचन-२०७९ घोषणापत्र तयारी समिति"लाई पूर्णता दिएका छन् ।
सभापति देउवाले सोमबार महामन्त्री गगन थापा नेतृत्वमा चुनावी घोषणापत्र तयारी समितिमा २७ सदस्य मनोनित गरेका हुन् । गत फागुन ३ गते बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकको निर्णय अनुसार चैत १० गते सभापति देउवाले महामन्त्री थापाको संयोजकत्वमा घोषणापत्र तयारी समिति गठन गरेका थिए ।
सो समितिमा सभापति देउवाकी पत्नी काँग्रेस केन्द्रीय सदस्य आरजु राणा देउवासहित २७ जनालाई समेटिएको छ ।