आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

रुसले युद्ध अपराधको निशाना मेट्न खोज्दैछ : जेलेन्स्की

मङ्गलबार, २२ चैत २०७८, १२ : १६
मङ्गलबार, २२ चैत २०७८

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसी सेनाले आफ्नो ‘युद्ध अपराध’ को निशान लुकाउन खोजिरहेको आरोप लगाएका छन् । जेलेन्स्कीले राजधानी किभ नजिकैको बुचामा तीन सयभन्दा बढी मानिस मारिएका दाबी गरेका छन् । बुचा सहरको एउटा सडकमा सर्वसाधारणहरूको शवको डरलाग्दो तस्बिरहरूका कारण अन्तर्राष्ट्रिय समुदायले मस्कोको निन्दा गरेको छ ।

राजधानी किभ नजिकै चार जनालाई रुसी सेनाले गोली हानेर मारेर गाडेका प्रमाण भेटिएको जनाइएको छ । अमेरिकी राष्ट्रपति जो बाइडेनले राष्ट्रपति भ्लादिमिर पुटिनलाई ‘युद्ध अपराधी’ भनेका छन् । गैरकानुनी हत्याका घटनामा पुटिनले मुद्दाको सामना गर्नुपर्ने जेलेन्स्कीले बताएका छन् । रुसले सबै आरोपहरू अस्वीकार गरेको छ । सार्वजनिक भएका भिडियो नक्कली भएको मस्कोको दाबी छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप