सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

मानिसलाई किन मनपर्छ रक्सी ? ‘मातेका’ बाँदरलाई हेरेर वैज्ञानिकले अनुसन्धान गर्ने

मङ्गलबार, २२ चैत २०७८, १७ : ०४
मङ्गलबार, २२ चैत २०७८

पनामामा बाँदरको एउटा प्रजाति छ जसलाई ब्ल्याक ह्यान्डेड स्पाइडर मंकी भनिन्छ । यी बाँदरले यतिधेरै पाम फ्रुट खान्छन् कि यिनीहरुलाई थुप्रै पटक नशामा टल्ली भएर सुतिरहेको भेटिन्छ । किनभने पाम फ्रुटमा इथेनोलको थोरै मात्रा पाइन्छ । तर धेरै फल खाँदा बाँदरलाई नशा चढ्छ ।

नशाले मातेका यी बाँदरलाई देखेर मानिसलाई रक्सी खान यति धेरै किन मनपर्छ भनेर अनुसन्धान गर्न वैज्ञानिकहरुलाई आइडिया आएको छ । बाँदर मात्रै नशामा हुन्छन् भन्ने होइन । अन्य थुप्रै प्रजातिका बाँदर पनि भिन्न प्रकारका फल र पात खाएर नशामा पर्ने गर्छन् । सुतिरहन्छन् ।

वैज्ञानिकले दुई भिन्न प्रकारको स्पाइडर मंकीको पिसाबको स्याम्पल परीक्षण गर्दा तिनीहरुको नसामा इथेनोल बगिरहेको प्रमाणित भएको थियो । यसलाई उनीहरुले पचाएका समेत थिए । तिनीहरु यसको उपयोग निद्रा पूरा गर्न र थकाई मेटाउनका लागि गर्ने गर्छन् । यो शोध रोयल सोसाइटी ओपन साइन्स जर्नलमा प्रकाशित भएको छ ।

नर्थरिज स्थित क्यालिफोर्निया स्टेट युनिभर्सिटीकी प्राइमेटोलोजिस्ट क्रिस्टिना क्याम्पबेलले भन्छिन्, ‘जंगलमा बस्ने बाँदर कोही मानिसको हस्तक्षेप बिना पनि नशालु फल खाएर मातेर बस्छन् भन्ने कुरालाई हामीले पहिलोपटक प्रमाणित गरेका छौँ । उनीहरु अल्कोहलको मात्रा पाइने फल खान्छन् । यस्ता फल धेरै मात्रामा खाएपछि तिनीहरुलाई नशा चढ्छ र सुतेको सुत्यै हुन्छन् ।’

क्रिस्टिन थप्छन्, ‘यो देखेर यस्तो लाग्छ कि ‘ड्रकन मंकी हाइपोथेसिस’ सही हो । यो हाइपोथेसिसलाई युनिभर्सिटी अफ क्यालिफोर्निया बर्कलेको बायोलोजिस्ट रोबर्ट डडलेले सन् २००० मा दिएका थिए । यसमा बाँदरसँग इथेनोल सुँघ्ने र त्यो चाख्ने उत्कृष्ट क्षमता हुने बताइएको थियो । ’

बाँदर यस्ता फलको खोजीमा हुन्छन् जुन पाकिसकेको छ वा पाक्ने क्रममा छ । यो एक प्रकारको इभोल्युसनरी लाभ हो । जुन अन्य कुनै जीवसँग हुँदैन । यसैकारण हामी मानिसलाई पनि इथेनोल अर्थात् अल्कोहल अर्थात् रक्सी मनपर्छ । तर हाम्रो समस्या यो हो कि हामीले पूरा फलको पोषक तत्वतर्फ ध्यान दिएका छैनौँ । हामीले त्यसको स्पिरिट निकाल्न सिकेका छौँ । बाँदरले यस्तो गर्दैनन् । उनीहरु पूरा फललाई त्यसकोृ वास्तविक स्वरुपमा राख्दै खान्छन्, त्यसबाट पाइने नसाको पनि आनन्द उठाउँछन् ।

यसका साथै जंगली चिम्पाञ्जीलाई पनि पामको रुखबाट निस्कने फर्मेन्टेड रस पिइरहेको देख्ने गरिन्छ । जब रुखबाट निस्कने रसको परीक्षण गरियो तब त्यसमा ७ प्रतिशत अल्कोहल पाइयो । अर्थात् इथेनल हो । तर यो स्पष्ट हुन सकेको छैन कि चिम्पाञ्जी इथेनलका कारण पाम फ्रुट खान जान्छन् वा यिनीहरु साँच्चै नसाका लागि त्यसको सेवन गर्छन् ।

क्रिस्टिना र उनको समूहले यो अनुसन्धान पनामामा गरेका छन् । यसमार्फत् बाँदरले खाने अल्कोहलले भरिएको फलको असर के हुन्छ भनेर उनीहरु जान्न चाहन्थे । बाँदर किन यी फल खान्छन् ? सुरुमा स्पाइड मंकीले पाकेको फलबाट आइरहेको इथेनोलको गन्धबाट आफूलाई टाढा राख्यो । तर जब उनीहरुलाई खुल्ला अर्थात् जंगलमा छोडियो तब उनीहरु आफैँ गएर पाम फ्रुट खान थाले ।

स्पाइड मंकी यी फल खाएर नशामा मात्रै हुँदैनन्, उनीहरुले यसमार्फत् आफ्नो पाचन प्रणालीलाई समेत दुरुस्त राखेका छन् । बाँदरलाई नशा गर्ने बानी कसरी पर्यो भन्नेबारे पहिलो पटक अनुसन्धान गरिएको छ । यसैका आधारमा रक्सी प्रति मानिसको रुचीबारे पनि खुलासा हुने आशा राखिएको छ ।

क्रिस्टिनका अनुसार बाँदर इथेनोलयुक्त फल क्यालोरीका लागि पनि खान्छन् । यिनीहरुले फर्मेन्टेड फलमार्फत् बढी क्यालोरी पाउँछ । धेरै क्यालोरीको अर्थ धेरै शक्ति र धेरै ऊर्जा । जसको उनीहरुलाई सबैभन्दा बढी आवश्यक पर्छ । यस्तै बानी मानिसमा पनि हुनसक्छ । मध्य र दक्षिणी अमेरिकामा पनि यही पाम फ्रुटको उपयोग त्यहाँका आदिवासी र स्थानीय जनताले पनि गर्ने गर्छन् । उनीहरु यसमार्फत् चिचा बनाउँछन् । जुन एक घरेलु रक्सी हो । यो असाध्यै चर्चित पनि छ ।

हामीले जति धेरै फर्मेन्टेड फल खान्छौँ, हामीले त्यति नै धेरै ऊर्जा पाउँछौँ । स्पाइड मंकीको मामिलामा रोकर्ट डडलेले यी बाँदरले खाएर आधा छोडेको फलको परीक्षण गरेका थिए । त्यसमा करिब २ प्रतिशत अल्कोहल पाइएको थियो । तर यसमार्फत् विभिन्न खालका मनोवैज्ञानिक फाइदा पनि पाइन्छन् । यसमार्फत् एन्टी–माइक्रोबियल फाइदा पनि छन् ।

यदि यो कुनै प्रकारको इभोल्युसनरी फाइदा हो भने तपाईं यसलाई करोडौँ वर्षमा बाँदर हुँदै मानिसमा आएको देख्न सक्नुहुन्छ । अर्थात् बाँदरदेखि मानिससम्म सबैलाई रक्सी मनपर्छ । अर्थात् रक्सी मन पर्नु जनावरको डिएनएबाट विकसित हुँदै हाम्रो डिएनएसम्म आइपुगेको हो । स्तनधारीको जेनेटिक डिकोडिङबाट यो पत्ता पनि लागेको छ । मानिस, चिम्पाञ्जी, बोनोबोस र गोरिल्लाको जीनमा थुप्रै म्युटेशन समान छ । यीमध्ये एक जिन यस्तो छ जसले इथेनोल एन्जाइमलाई ४० गुणा बदल्ने गर्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप