सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

चोभार सुख्खा बन्दरगाहलाई रेल मार्गसँग जोड्नु पर्ने माग

मङ्गलबार, २२ चैत २०७८, २१ : २०
मङ्गलबार, २२ चैत २०७८

चोभार सुख्खा बन्दरगाहलाई सडकमार्ग मात्रै नभएर रेल मार्गसँग जोड्नु पर्ने माग गरिएको छ । मंगलबार चोभार सुख्खा बन्दरगाह उद्घाटन कार्यक्रममा बोल्दै नीजि क्षेत्रका तीन ठूला छाता संगठनहरुका अध्यक्षहरुले प्रधानमन्त्री शेरबहादुर देउवालाई चोभार सुख्खा बन्दरगाहमा रेल मार्गसँग जोड्न माग गरेका हुन् ।

कार्यक्रममा बोल्दै नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले सरकारले चोभार सुख्खा बन्दरगाह रेल मार्गसँग जोड्दा मात्रै बन्दरगाहको उपयोगिता बढ्ने बताए । उनले  सरकारले निकट भविष्यमा बन्दरगाहलाई रेल मार्गसँग जोड्न पहल गर्नु पर्ने बताए । अध्यक्ष गोल्छाले चोभार सुख्खा बन्दरगाहलाई आयातको केन्द्र मात्रै नभएर निर्यातको लागि कोषेढुङ्गा सावित गर्न सक्नु पर्ने बताए । उनले काठमाडौं उपत्यकामा सुख्खा बन्दरगाह सञ्चालनमा आउँदा नीजि क्षेत्र उत्साहित भएको बताए ।

यस्तै, नेपाल उद्योग परिसंघका अध्यक्ष विष्णु कुमार अग्रवालले पनि बन्दरगाहलाई रेल मार्गसँग जोडे मात्रै बन्दरगाहको सान्र्दभिकता बढ्ने बताए । उनले सरकारले चोभार सुख्खा बन्दरगाहमा आयात र निर्यात गर्दा सहज बनाउने वाताबरण सरकारले बनाउनु पर्ने बताए  ।  

यस्तै,नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष राजेन्द्र मल्लले चोभार बन्दरगाहलाई चीनको नाकासँग जोड्नु पर्ने बताए । उनले चोभार सुख्खा बन्दरगाह आधुनिक अनलाइन प्रणालीमा सञ्चालन गर्न सके मुलुकको ५० प्रतिशत आयात निर्यात गर्ने व्यवसायलाई व्यवस्थित गर्ने बताए ।

अध्यक्ष मल्लले बन्दरगाहबाट काठमाडौंमा उत्पादन हुने वस्तु निर्यातको लागि महत्वपूर्ण योगदान हुने बताए । उनले बन्दरगाहमा वस्तु निर्यातको लागि एकद्वावर प्रणालीबाट निर्यात गर्नको लागि एक्सपोर्ट हाउस जस्तो बन्दरगाह भित्र व्यवस्था गर्नु पर्ने माग गरे ।

  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप