सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

मानव शरीरमा नयाँ अंग फेला, के गर्छ काम ?

बुधबार, २३ चैत २०७८, १६ : ४२
बुधबार, २३ चैत २०७८

वैज्ञानिकले मानव शरीरमा एउटा नयाँ अंग फेला पारेको छ । वास्तवमा यी कोसिका हुन् तर यसले काम भने अंगले झैँ गर्छ । यो मानिसको फोक्सोभित्र भएको पातलो र निकै नाजुक शाखामा पाइन्छ । यसको मुख्य काम श्वास प्रणालीलाई दुरुस्त राख्नु हो । यसको मद्दतले धुम्रपान सम्बन्धि रोगबाट मानिसलाई जोगाउन सक्ने वा निको पार्न सक्ने वैज्ञानिकले आशा राखेका छन् ।

यो नयाँ अंग अर्थात् कोसिकालाई रोचक नाम दिइएको छ । यसको नाम हो रेस्पिरेटरी एयरवे सेक्रेटरी (आरएएस) हो । यो फोक्सोभित्र भएको नसाको शाखा ब्रोन्काइल्समा पाइन्छ । यसको सम्बन्ध एल्वियोलीसँग पनि रहन्छ । एल्वियोली त्यो अंग हो जुन रगतभित्र अक्सिजन र कार्बन डाइअक्साइडको आदान–प्रदान गर्छ ।

आरएएस कोसिका कुनै स्टेम सेल्सजस्तै हुन्छ । यसलाई ब्ल्याक क्यानभास कोसिका भनिन्छ किनभने यो शरीरभित्र कुनै प्रकारको नयाँ अंग वा कोसिकाको पहिचान गर्छ । यो क्षतिग्रस्त एल्वियोलीलाई सुधार्छ । नयाँ एल्वियोलीले कोसिकाको निर्माण गर्छ ताकि रगतमा ग्यासको प्रवाह सही बनिरहोस् ।

अनुसन्धानमा देखिए अनुसार आरएएस कोसिका फोक्सोमाथि निर्भर रहँदा फ्रस्टेट हुन थाल्छ किनभने उसको काम फोक्सोसँग सम्बन्धित प्रणालीमार्फत् नै चल्छ । तर यसको बदलामा केही पनि पाउँदैन । वास्तवमा यी सबै प्रश्नको जवाफ पाउनका लागि वैज्ञानिकले एक स्वस्थ व्यक्तिको फोक्सोको तन्तु लिए । त्यसपछि हरेक कोसिकाभित्र रहेको जिनको विश्लेषण गरे, त्यसपछि आरएएस कोसिकाबारे पत्ता लाग्यो ।

युनिभर्सिटी अफ पेन्सिलवेनियाको पेरेलम्यान स्कूल अफ मेडिसिनका प्राध्यापक एडवर्ड मोरिसेले भने, ‘ मानव फोक्सोको शाखा अर्थात् हावा आउजाउ गर्ने मार्ग मुसाको फोक्सोभन्दा भिन्न हुन्छ । नयाँ प्रविधि विकसित हुँदा हामीले नयाँ कोसिका पत्ता लगाउन सक्यौँ । हामी यसको स्याम्पलको परीक्षण गर्न सक्यौँ ।’

प्राध्यापक एडवर्ड र उनको समूहले फेरेट्स (एक प्रकारको घर पालुवा सानो जनावर) को फोक्सोमा पनि मानिसको कोसिकासँग मिल्दोजुल्दो आरएएस कोसिका पत्ता लगाएका छन् । त्यसपछि वैज्ञानिक धेरैजसो स्तनधारी जीव, चाहे ती साना हुन् वा ठूलो, सबैको फोक्सोमा आरएएस कोसिका हुन्छ भन्ने निष्कर्षमा पुगे ।

आरएएस कोसिकाका मुख्य दुई काम छन् – पहिला यसले यस्तो कणको श्राव गर्छ जसले ब्रोन्कल्समा बग्ने तरल पदार्थका लागि लाइनिङ बनाउने काम गर्दछ  ताकि एयर स्याक खराब नहोस् र फोक्सोको क्षमता बढोस् । दोस्रो काम भनेको यो प्रोजेनिटर कोसिकाजस्तै अर्थात् एल्वियोलर टाइप–टु (एटीटु) कोसिका जस्तै काम गर्छ । यो विशेष खालको कोसिका हो जसले क्षतिग्रस्त एल्वियोलीलाई ठिक पार्नका लागि रसायन निकाल्छ ।

प्राध्यापक एडवर्डका अनुसार आरएएस कोसिका फोक्सोभित्र पाइने फेकल्टेटिभ प्रोजेनिटर्स हुन् । यसले फोक्सोलाई सुरक्षित राख्छ, साथै विभिन्न खालका काम पनि गर्छ । यी कोसिका धुम्रपान सम्बन्धि थुप्रै रोगको उपचारमा काम लाग्न सक्छ । भविष्यमा क्रोनिक अक्सट्रक्टिव पल्मोनरी डिजिज (सीओपीडी) लाई रोक्न पनि मद्दत गर्छ । सिओपिडी धुम्रपान वा वायु प्रदुषणका कारण हुने गर्छ ।

सिओपिडीमा फोक्सोभित्र पर्याप्त मात्रामा अक्सिजनको निर्माण हुन पाउँदैन । एयरस्याक्स सुन्निने गर्छ । यसको लक्षण दम जस्तै हुन्छ । यसबाहेक एम्फिसेमा, क्रोनिक ब्रोन्काइटिसजस्ता रोगलाई पनि जन्म दिन्छ । यसमा लामो समयसम्म खोकी लाग्छ । हरेक वर्ष संसारमा करिब ३० लाख व्यक्तिको सिओपिडीका कारण मृत्यु हुन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप