मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

नोबेलमा डाक्टर र आन्द्राका दीर्घ रोगीबीच अन्तरक्रिया, खानपिनमा विशेष ध्यान दिन सुझाव

बिहीबार, २४ चैत २०७८, १० : २४
बिहीबार, २४ चैत २०७८

विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा आन्द्राको दीर्घ रोगका बिषयमा डाक्टर र विरामीबीच अन्तरक्रिया गरिएको छ । नोबेलका पेट तथा कलेजो रोग विशेषज्ञ डाक्टर मोहन खड्काको अगुवाइमा आन्द्राका दीर्घ रोगीहरुसँग अन्तरक्रिया गरिएको हो ।

अन्तरक्रियामा मोरङ, सुनसरी, झापा लगायत पूर्वी नेपालका बिभिन्न जिल्लाका करिब ३० जना आन्द्राका दीर्घ रोगीहरु सहभागी थिए । आन्द्राको दीर्घ रोग लाग्ने कारण, अपनाउनुपर्ने सावधानी, उपयुक्त खानपिन लगायत बिषयमा छलफल गरियो । सो अवसरमा विरामीहरूले भोगेका अनुभव सुनाएका थिए । डाक्टरहरुले रोगका बिषयमा विरामीहरुलाई थप जानकारी गराए । कार्यक्रममा पेट तथा कलेजो रोग विशेषज्ञ डाक्टर खड्काले नियमित औषधि सेवन गर्न र अर्ग्यानिक खानेकुरा खान विरामीहरुलाई सुझाव दिए ।

कार्यक्रममा नोबेल अस्पतालका प्रवन्ध निर्देशक इन्दिरा शर्माले सबै रोगका विरामीहरुको उपचार गर्ने गरी नोबेल अस्पताल अघि बढिरहेको भन्दै अस्पतालले गुणस्तरीय उपचारलाई प्राथमिकतामा राखेर सेवा विस्तार गर्दै जाने बताइन् । नोबेलका डा.विश्वनाथ अधिकारी, डा.मुक्ति आचार्य, मेट्रोन कल्पना पोख्रेल लगायतले पनि विरामीहरुलाई सम्बन्धित डाक्टरको सल्लाह बमोजिम औषधि सेवन गरेर उपयुक्त खानपिनमा बिशेष ध्यान दिन सुझाव दिएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप