सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

ललितपुर, चितवन र झापामा भएको दुर्घटनामा ३ जनाको मृत्यु

बिहीबार, २४ चैत २०७८, ११ : ५८
बिहीबार, २४ चैत २०७८

ललितपुरको लुभुमा बुधबार साँझ कारको ठक्करबाट एकजना बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा रामेछापका दुई वर्षीय बालक आर्यन पुरी रहेका छन् । पैदल हिडिरहेका बालकलाई घारले ठक्कर दिएको थियो । कारको ठक्करबाट घाइते बालकको उपचारको क्रममा ईमाडोल स्थित किष्ट मेडिकल कलेजमा शनिबार साँझ सवा ६ बजे मृत्यु भएको प्रहरीले जनाएको छ । बा १६ च ३६८७ नम्बरको कारले सडकमा खेल्दै गरेका बालकलाई हिजो साँझ साढे ५ बजे ठक्कर दिएको थियो । कार सहित चालक महानगरीय प्रहरी वृत्त सातदोबाटोको नियन्त्रणमा रहेका छन् ।

दमकमा ट्रयाक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु 
 
झापाको दमक नगरपालिका–१० जहदामा बुधबार साँझ ट्रयाक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ट्रयाक्टरमा लेबर काम गर्ने दमक नगरपालिका–८ का अन्दाजी २३ वर्षीय विकास ताजपुरिया रहेका छन् । घाइते उनको उपचारको क्रममा दमक स्थित एडभान्स अस्पतालमा हिजो साँझ साढे ६ बजे मृत्यु भएको प्रहरीले जनाएको छ । हिजो साँझ साढे ५ बजे मे १ त ३७४६ नम्बरको ट्रयाक्टर अनियन्त्रित भएर पल्टिएको थियो । ट्रयाक्टर चालक भने फरार रहेकाले खोजी भईरहेको ईलाका प्रहरी कार्यालय दमकले जानकारी दिएको छ ।

चितवनमा स्कुटर दुर्घटना हुँदा चालकको मृत्यु 
 
चितवनको रत्ननगर नगरपालिका–१० मा बुधबार राति स्कुटर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा रत्ननगर–५ झुवानीका अन्दाजी ४० बर्षीय मलाहा महतो रहेका छन् । दुर्घटनामा गम्भीर घाइते भएका महतोको उपचारको क्रममा भरतपुर अस्पतालमा राती सवा १० बजे मृत्यु भएको प्रहरीले जनाएको छ । उनी सवार रहेको बागमती प्रदेश ०३–०२ प ३१४८ नम्बरको स्कुटर गएराती पौने १० बजे नियन्त्रण गुमाएर पल्टिएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप