सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

अनि देश कसरी बन्छ ?

बिहीबार, २४ चैत २०७८, १५ : ०५
बिहीबार, २४ चैत २०७८

श्रीलङ्काको वर्तमान अवस्थाले नेपाल र नेपालीलाई झस्काएको छ । अहिले जताततै देशको अर्थतन्त्रको बारेमा चर्चा सुनिन्छ । देश चलाउने शासकहरुको अर्कमण्यता, अदुदर्शिता, असक्षमता र व्यक्तिगत स्वार्थका कारण देशको अर्थतन्त्र कोल्याप्स हुने अवस्था तर्फ उन्मुख भयो । हरेक नागरिकलाई यो थाहा छ कि देशको आर्थिक अवस्था बिग्रँदो बाटोमा छ ।

आम मानिसमा निराशा मात्र छ किनकि उनीहरुलाई जीवन धान्न नै गाह्रो छ । देशका शासकले फेयर काम गर्दैनन् । उनीहरु पपुलिष्ट काम मात्र गर्छन् । पपुलिष्ट काम दिगो हुँदैन, जुन नाटक मात्र हो । देशले करिस्म्याटिक ढंगको देश र जनताका लागि सोच्ने लिडर नै पाएन ।

अहिले देशका नेता मानिदिएकाहरुको आचरण र व्यवहार पटक्कै जनमैत्री छैन । उनीहरु आफ्नो व्यक्तिगत स्वार्थ पूर्तिमा मात्र तल्लिन छन् । आफ्ना अरौटे, भरौटे, भाई भारदार भन्दा बाहिर निश्किन सकेनन् ।

स्थानीय तहको चुनाव नजिकिँदै छ । हरेक व्यक्तिलाई थाहा छ कि खराब जनप्रतिनिधि छान्न हुँदैन । प्रायः सबै दलमा त्यस्तै व्यक्ति नै नेताको पगरी गुथेर चुनावमा खडा हुन्छन् । सबै कुरो थाहा पाउँदा पाउँदै पनि नागरिक निरीह भएर कसै न कसैलाई भोट खसाल्न बाध्य छन् । नागरिकसँग विकल्प पनि भएन । प्रजातन्त्रमा भोट त दिन नै पर्छ । तर, गरुङ्गो मनले भोट दिने अवस्थाको सिर्जना भएको छ ।

अनेक परिपञ्च गरेर रक्सी र मासुमा भोट किनेर निर्वाचित भई कोही व्यक्ति नेता बनाइन्छ । त्यसपछि ऊ मान्य हुन्छ र आफूलार्ई भोट दिनेलाई रैती ठान्छ । यस्तो प्रवृत्तिले सवैलाई दुःखी तुल्याएको छ ।

यता लठैत र दास मनोवृत्तिको नागरिकले नेता भनिएकालाई देश विगार्न सिढी लगाइदिने काम गरेका छन् । देशको राजनीतिले नै राष्ट्र निर्माणको नेतृत्व गर्छ । राजनैतिक दलका नेताहरुले नै राज्यको नीति तर्जुमा गर्छन् । हालसम्म सही नीति तर्जुमा गर्न नसक्नु र बनेका नीतिको कार्यान्वयन गर्न नसक्दा नागरिकले नपाउनुपर्ने दुःख पाई रहेको अवस्था छ । नेपालीको दुर्भाग्य नै भन्नुपर्छ असल र भिजनरी नेता देशले पाएन ।  

संघीय चुनावबाट छानिएर आउने व्यक्ति कुनै न कुनै रुपबाट अहिलेका व्यक्ति नै हुन् । अहिले शेरबहादुर देउवा प्रधानमन्त्री छन् भोली चुनाव पछि केपी ओली, केही समय पछि पुष्पकमल दाहाल, त्यसपछि बाबुराम भट्टराई अनि माधव नेपाल नै यो देशका प्रधानमन्त्री हुन् । यी भन्दा बाहेक अर्को व्यक्ति प्रधानमन्त्री हुने देखिँदैन ।

सत्ता फेरिए पनि पात्र उनै हुन् । प्रवृत्ति यही हो । यिनीहरुबाट देशको विकासको जेनेरेशन नै परिवर्तन हुने देखिदैन । सवैले मिलेर, भाग पुर्याएर, बाढेर, टुक्राटुक्रा पारेर देशलाई अंशमा पाएको सम्पत्तिझैं गरी खाने मात्र हुन् । देश र जनताका लागि काम कसैले गर्दैनन् भन्ने कुरामा सवै नागरिक विश्वस्त छन् । । कसैले देश र जनताको लागि काम गर्छु भन्छ भने त्योभन्दा ठूलो जोक अर्को हुँदैन ।  

देश चलाउने कुरालाई नेताहरुले मजाकमा उढाइरहेका छन् । समाज सुधार्नका लागि नभई सत्ताका लागि मात्र राजनीति गर्नेले आफ्नो र आफ्ना भजनमण्डलीको भुँडी भर्ने काम मात्र गरे । चुनाव आउन लाग्दा यिनीहरुले लबस्तरो भएर गाउँतिर किच्च हरिया दात देखाउँदै नमस्ते गर्दै लाज पचाएर जाने, चुनावमा मान्छे खरिद बिक्री गर्ने र सत्तामा पुगेपछि विदेशी प्रभुसमक्ष लम्पसार परी नेपाली नागरिकको आदेशलाई लत्याएर विदेशीको निर्देशनलाई शीरोधार्य गर्ने काम मात्र गरे ।

नेतालाई चुनाव मार्फत् बैधानिकता दिएर नागरिकले नै बिगारेका हुन् । नागरिकहरु पनि चान्समा डान्स गर्नतिर लागे । नेताको आडमा जग्गा दलालहरुले कृषियोग्य जमिनलाई कटिङ गरेर बाँझो खेतमा परिणत गरे । राज्यलाई करोडौं राजश्व ठगे । राज्यलाई राजश्व तिर्नु भन्दा दलालले नेताको खल्तीमा पैसा हालिदिए । अल्छी भएका नेपालीलाई खेती गर्न भन्दा जग्गा कटिङमा नै आनन्द लिए । राज्यको गाह्थ्य उत्पादनमा कृषिको योगदान पच्चीस प्रतिशत छ । नेपालीले मेहनत गरे यो प्रतिशत बढाउन सकिन्छ । भारतबाट चामल, दाल, तरकारी ल्याएर खान पर्दैन । आफ्नै उत्पादनले धान्न सक्छ ।

मानिस जतिसुकै बरिष्ठ भए पनि उसलाई खानु त पर्छ । त्यसका लागि कृषि उत्पादन चाहिन्छ नै, तर नेपाली अत्यधिक अल्छी बन्दा देशको अर्थतन्त्र नै प्रभावित भइरहेको छ । खाद्यान्न खरीद गर्दा मात्र देशको ठूलो रकम बाहिरिएको छ ।

सरकारले किसान मैत्री नीति बनाउन नसक्नु र कृषिमा मल, विउको व्यवस्था गर्न नसक्नु र कृषि उत्पादनले बजार नपाउने अवस्थाले कृषक निराष भई खेतीपाती छाडेर विदेश जान तिर लागे ।

नेपाली समाजका सबै वर्ग समुदाय नकारात्मक सोचबाट ग्रसित छन् । इमान्दार, नैतिकवान, अनुशासित मानिसहरुको खडेरी परेको अवस्था छ । हरेका मानिसमा दुष्ट प्रवृत्ति बढदो छ । आत्मीयता, प्रेम, सदभाव मर्दै गएको छ । देशमा दलाल, माफिया हावी भएका छन् । प्राध्यापक शिक्षाको व्यापार गर्ने, डाक्टर गू र मुतमा कमिसन खाने, इन्जिनियर नामका मात्र हुने, वकिल चुतियागिरी गर्ने, कर्मचारी भ्रष्ट्राचारमा लिप्त हुने भएपछि देश कसरी बन्छ । बन्दैन । आफ्नो जिम्मेवारीबाट सवै विमुख भई नागरिकलाई चुस्न मात्र लागि परेपछि देश विकास होला भनेर सोच्नु मुर्खता मात्र हुन्छ ।

कमिसन, भ्रष्ट्राचार, अनियमितता, दुराचार र व्यभिचारले भरिएका व्यक्तिहरुको राज्यमा हाली मुहाली छ । समाज विकृत भएको छ । सवै मानिस पैसाको पछाडि मात्र कुदेका छन् । हत्या हिंसा, बलात्कार दिनदिनै बढिरहेको छ । समाजमा शान्त्ति र अमनचयन क्रमशः कमजोर बन्दै गएको छ । दैनिक उपभोग्य सामग्रीमा अत्याधिक मूल्यबृद्धि भएको छ । बजार सरकारको नियन्त्रणमा छैन ।

व्यापारीहरुले मनलाग्दी रुपमा बजारलाई नियन्त्रण गरी गरिवलाई किर्नोले झै चुसिरहेका छन् । गरिव, निमुखा र दैनिक ज्यालादारीमा श्रम गर्ने नागरिकहरुको महगीले दुई पत्र छाला गएको छ । राज्यमा सरकार भएको सामान्य महसुससमेत गर्न सकिएको छैन । राजनैतिक दल र तिनका नेताहरुको आवरण र संरक्षणमा समाजमा विकृति र विसंगति तिव्र रुपमा फैलिरहेको छ ।    

राज्यको ढिकुटिमा विदेशी मुद्रा सञ्चिति घट्दो क्रममा छ । विदेशी मुद्रा आउने स्रोतहरु विप्रेषण, अनुदान सहयोग, पर्यटक, बस्तुको निर्यात आदि हुन् । तर, देशमा आउने विप्रेषण घटिरहेको छ । पर्याप्त र गुणस्तरीय पर्यटकहरु आएका छैनन् । अनुदान दिने विदेशी निकायले पर्याप्त अनुदान दिइरहेका छैनन् । देशको ऋण बढिरहेको छ । त्यसको साँवा ब्याज भुक्तानीमा र बस्तुहरुको आयातमा धेरै रकम बाहिरिएकाले गर्दा देशको आर्थिक अवस्था संकट तर्फ उन्मुख छ ।

नागरिकहरुले पाईरहेको दुःख सरकारलाई राम्रोसंग थाहा छ । तर सरकार मुकदर्शक भएर बसेको छ । माफिया र दलालको कब्जामा रहेको सरकार आफै निरीह छ । निजी क्षेत्रले पनि व्यापार व्यवसायको नाममा राज्यलाई ठग्ने, जनतालाई कोखे हान्ने काम गरिरहेका छन् । जताततै चोर, फटाहा जालीहरुले देश र जनतालाई ब्रहलुट गरिरहे । यद्यपी त्यस्ताहरुको संरक्षण नै राजनैतिक नेतृत्वले गरिरहेको छ जुन दुर्भाग्यपूर्ण हो । अहिले असल, इमान्दार र नैतिकवान व्यक्तिहरुलाई आफ्नो जीवन धान्न नै मुस्किल पर्न थाल्यो । अरुलाई ठग्न, झुक्याउन, भ्रममा पार्न नसक्ने, जालसाजी र किर्ते गर्न नसक्ने मानिसहरुलाई अव आउदा दिनहरुमा बाँच्न नै कठिन हुने अवस्था छ ।

देशको बिग्रदो अवस्थालाई हेरेर नेतृत्वले आफ्नो व्यवहार र आचरणलाई सुधार गरी नयाँ सोचका साथ अगाडी बढनु पर्ने बेला आएको छ । जतिसुकै चुनाव आए गए पनि नेतृत्व मात्र फेरिने हो पात्र उहि पुराना नै हुन् । पुराना पात्र जो सत्तामा पुग्छन् तिनिहरुको कार्यशैली, व्यवहार र सोच परिवर्तन नभए सम्म देश बन्दैन । पेशा व्यवसायमा संग्लनले नागरिकलाई दुःख नदिई उनीहरुप्रतिको कर्तब्यलाई पुरा गर्नु पर्छ । होइन सवैले गति छाडने हो भने श्रीलङाको हालतको सामना गर्न तयार भएर बसे हुन्छ ।   

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुजन दाहाल
सुजन दाहाल
लेखकबाट थप