मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

गिरिजाप्रसाद कोइराला फाउन्डेसनको आयोजनामा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

बिहीबार, २४ चैत २०७८, १७ : २८
बिहीबार, २४ चैत २०७८

गिरिजाप्रसाद कोइराला फाउन्डेसनको आयोजनामा बुढानिलकण्ठमा स्वास्थ्य शिविर सम्पन्न भएको छ । बुढानिलकण्ठ नगरपालिका– ४ मा आयोजित कार्यक्रम फाउन्डेसनको आयोजना र नेपाली काँग्रेस बुढानिलकण्ठ नगरपालिका कार्य समिति तथा ४ नम्बर वडा कार्य समितिको संयुक्त आयोजनामा सम्पन्न भएको हो। 

कार्यक्रममा चार सय जनाले निःशुल्क स्वास्थ्य सेवा लिएका आयोजकले जनाएको छ । ४ नम्बरका वडा सदस्य  राम केसीका अनुसार कार्यक्रममा काठमाडौं मेडिकल कलेजका स्वास्थ्यकर्मीले स्वास्थ्य सेवा उपलब्ध गराएका थिए । शिविरमा बालरोग, नाक, कान, घाँटी, स्त्रीरोग, शल्यक्रिया, हाडजोर्नी, आँखा र दाँतको निःशुल्क परीक्षण गरिएको थियो।
 
त्यस्तै, कार्यक्रममा इसिजी, एक्स–रे, भिडियोएक्स–रे तथा रगत र पिसाबको निःशुल्क परीक्षण गरिएको थियो । स्वास्थ्य शिविरमा काठमाडौं मेडिकल कलेजले ल्याबको व्यवस्था गरेको आयोजकले जानकारी दिएको छ ।
कार्यक्रममा कांग्रेस क्षेत्र नम्बर ५ का सभापति  श्यामबहादुर खड्का, कांग्रेस क्षेत्र नम्बर ५ (ख)का सभापति तथा ४ नम्बर वडा अध्यक्ष राजु खड्का र वडानम्बर ४ का कांग्रेस सभापति श्याम खड्का लगायतको उपस्थिति रहेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप