सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

वैज्ञानिकको दाबी : च्याउले गर्छन् एक अर्कासँग कुराकानी

शुक्रबार, २५ चैत २०७८, १७ : १५
शुक्रबार, २५ चैत २०७८

चाहे जंगलको फोहोर बीच उम्रिएका वा कुनै रुखको पुरानो जरा वा हाँगामा उम्रिएका । शान्त देखिने र आफ्नै दुनियाँमा मस्त । हामी च्याउको कुरा गरिरहेका छौँ । तर वैज्ञानिकले च्याउले पनि एक अर्कासँग कुराकानी गर्ने दाबी गरेका छन् । 

यी एकअर्कासँग संवाद गर्छन् । कुरा गर्नका लागि उनीहरुसँग ५० शब्द छ, जुन विद्युतीय संकेतको गणितिय विश्लेषणमार्फत् हुने गर्छन् । गणितीय विश्लेषण गरेपछि च्याउले एक अर्कासँग कुराकानी गर्छन् भन्ने पत्ता लागेको हो । 
यीबाट निस्कने विद्युत प्रवाह मानिसको कुराकानीजस्तै हुन्छ । यदि यी भिन्न भिन्न इलेक्टिकल इम्पल्सेसलाई शब्दमा परिवर्तन गर्ने हो भने च्याउले करिब ५० शब्दको उपयोग आफ्नो कुराकानीमा समावेश गर्छन् । 

च्याउले जमिन भित्र रहेको आफ्नो जरा अर्थात् लामो फिलामेन्ट जसलाई हाइफे भनिन्छ, त्यसमार्फत् बिजुलीको प्रवाह पठाउँछन् । यी बिजुलीको तरङ्गमा सन्देश लुकेका हुन्छन् जसलाई अरु च्याउले बुझ्छन् । यो मानिसको शरीरमा नर्भ सेलले जे काम गर्छ, ठ्याक्कै  त्यस्तै हो । 

इलेक्टिकल इम्पल्सेसको मानिसको भाषासँग के लेनदेन छ र ती शब्द कसरी परिवर्तन हुन्छन् भनेर तपाईंले सोध्नुहुन्छ भने यसको अनुसन्धान गर्नका लागि ब्रिस्टलस्थित युनिभर्सिटी अफ वेस्ट अफ इङ्गल्याण्डमा भएको कम्प्युटर ल्याबमा प्राध्यापक एन्ड्रयू एडमात्ज्कीले एक प्रयोग गरे । उनले फंगसका चार प्रजाति – इनोकी, स्प्लिट गिल, घोस्ट र क्याटरपिलर फंजाईबाट निस्कने बिजुलीको तरङ्गको विश्लेषण गरे । 

प्राध्यापक एन्ड्रयूले हाइफेको जालबीच निकै सूक्ष्म माइक्रोइलेक्ट्रोड्स लगाइदिए । यी माइक्रोइलेक्ट्रोड्स हाइफेको माइसिलिया नामको अंगमा लगाइएको थियो । त्यतिबेला च्याउ र फंगस एक आपसमा करेन्टमार्फत् सन्देश पठाउने पत्ता लाग्यो । भिन्न भिन्न परिस्थितिका लागि भिन्न प्रकारका करेन्ट । कम समयको, धेरै समयको, हल्का वा तीब्र । 

भिन्न भिन्न फंगस आ–आफ्ना क्लास, फ्यामिली र प्रजाति अनुसार नै बिजुलीको प्रवाह सञ्चालित गर्छ । यो शोध रोयल सोसाइटी ओपन साइन्समा प्रकाशित भएको छ । हरेक करेन्टको भिन्न तीब्रता र समयसीमा थियो । यसलाई जब शब्दकोशमा भएका उच्चारणसँग अनुसन्धान गरियो तब ५० शब्द निस्किएका थिए, जुन मानिसको कुराकानीसँग मिल्दोजुल्दो छन् । 

कुहिँदै गरेको काठमा उम्रने स्पिलट गिल्सको शरीर लहरेदार हुन्छ । यसको कुराकानी सबैभन्दा जटिल महसुस भए । यसको इलेक्ट्रिकल एक्टिभिटीले यसको एकजुटतालाई दर्साउँछ । जस्तै भेडाको समूहले एकसाथ लयबद्ध तरिकाले आवाज निकाल्छन् । स्पिलट गिल्सजस्तै अन्य च्याउ पनि कुराकानी गर्छन् । तर उनीहरुको संवाद खासै त्यति जटिल हुँदैन । 

थुप्रै पटक अचानक रुपमा फेरिएको परिस्थितिमा यीबीच कुनै प्रकारको संवाद हुँदैन । अहिले यसबारे थप अनुसन्धान गर्नुपर्नेछ । किनभने इलेक्टिकल सन्देशलाई कुनै पनि भाषामा परिवर्तन गर्नका लागि थप प्रमाणको आवश्यकता पर्छ । साथै इलेक्ट्रिकल पल्सेसको व्यवहार बुझ्न पनि बाँकी छ किनभने यसमा पोषक तत्वलाई पठाउने सन्देश पनि हुन्छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप