सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

उद्योग र उद्योगीको समस्या बुझिदिन महासंघको आग्रह

शुक्रबार, २५ चैत २०७८, १९ : ००
शुक्रबार, २५ चैत २०७८

नेपाल उद्योग वाणिज्य महासंघले वर्तमान कठिन आर्थिक अवस्थाको प्रभाव उद्योग र उद्योगीको समस्या बुझिदिन नव नियुक्त उद्योग तथा वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूसँग आग्रह गरेको छ । शुक्रबार महासंघका अध्यक्ष शेखर गोल्छाको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले मन्त्री बडूलाई भेटी यस्तो आग्रह गरेको हो ।

लामो समयपश्चात उद्योग, वाणिज्य तथा आपूर्ति क्षेत्रले नेतृत्व पाएकोमा खुशी प्रकट गर्दै महासंघले विद्यमान चुनौतीपूर्ण घडीमा उद्योग व्यवसायका समस्या समाधानका लागि मन्त्रीसँग विशेष आग्रह गरे । भेटका क्रममा महासंघका अध्यक्ष गोल्छाले तरलता अभाव, चर्को ब्याजदर, विद्युत कटौती, इन्धनको चर्को मुल्य वृद्धिका कारण औद्योगिक व्यवसायिक लागत अत्याधिक बढेकाले व्यवसायमा टिक्न मुस्किल परेको बताउँदै सोको चाँढै निकास दिन मन्त्रीसँग आग्रह गरे । 

प्रतिउत्तरमा मन्त्री बडूले निजी क्षेत्रसँग सहकार्य गर्न आफू सदैव तयार रहेको बताए । विद्यमान समस्याका विषयमा महासंघले राखेका चासोप्रति आफूपनि गम्भीर रहेको र यस सम्बन्धमा आफूले छिट्टै वृहत छलफलको आयोजना गरी एउटा निकास दिन प्रयत्न गर्ने विश्वास व्यक्त गरे ।  

सो भेटघाट तथा शुभकामना प्रदान कार्यक्रममा महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकाल, उपाध्यक्षहरू दिनेश श्रेष्ठ, अन्जन श्रेष्ठ, रामचन्द्र सघाई, कोषाध्यक्ष सुकुन्तलाल हिराचन, महानिर्देशक गोकर्णराज अवस्थीको सहभागिता रहेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप