मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

पुस्तक प्राप्ति : सपना र सङ्घर्ष

शनिबार, २६ चैत २०७८, ०७ : ३९
शनिबार, २६ चैत २०७८

कुमार योन्जन तामाङको जीवनगाथा समेटिएको ‘सपना र सङ्घर्ष’ पुस्तक रातोपाटीलाई प्राप्त भएको छ । भोजपुर जिल्लाको पहाडी गाउँमा जन्मिएर सामाजिक कार्यमा लागेका योन्जनका जीवनगाथा यसमा समेटिएको छ । 

शोषण र उत्पीडनमा परेका वर्ग र समाजको मुक्तिको सपना देखेर त्यसको परिपूर्तिको सङ्घर्षमा हेलिएको एउटा व्यक्तित्वको समग्र भोगाइको अभिव्यक्ति यो कृति भएकाले यसमा हरेक मान्छे स्वतन्त्र र समान भएर गर्वले बाँच्न र हाँस्न चाहन्छ; सबैको भाषा, संस्कृति र सभ्यताको रक्षा गरेर समान हैसित हुनुपर्छ भनिएको छ । 

जीवनमा सधैँ विजय प्राप्त हुँदैन र हारको दबाब सधैँ रहन्छ । तसर्थ जो मान्छे दशौँ पटक घोडाबाट लेडेर पनि फेरि घोडामा चढ्ने सहास गर्छ भने त्यसले नै बादशाहलाई पछार्छ भन्छन् लेखक ।

जीवनगाथा लेख्ने क्रममा उनी भन्छन्– मैले देखको सपना लाखौँ करोडौँ उत्पीडित जनाताको स्वतन्त्रता, समानाता र सहअस्तित्वको थियो अर्थात् उसको पहिचानको थियो । उत्पीडित जनाता जसले आफ्नै देशमा दोस्रो दर्जाको नागरिकका रूपमा उत्पीडन भोग्नुपरिरहेको छ उनीहरुको पनि कथा हो ।  

देशभित्रै आफ्नो पहिचान गुमाएर, हेपिएर थिचिएर बाँच्नुपरेका र  हेपिएका समुदायको पहिचान स्थापित गर्ने सङ्घर्षका कथा धेरै छन् । यी सङ्घर्ष हेर्दा सामाजिक तर त्यो राजनीतिक सङ्घर्ष हुन् । तीस भागमा वर्गीकरण गरी ३८४ पृष्ठमा समेटिएको यो पुस्तकको मूल्य ४४० रुपियाँ रहेको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप