आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

मध्यनेपालमा पर्ने खत्रेठाँटी-कुन्छा-सोतिपसल सडक कालोपत्रे हुने

शनिबार, २६ चैत २०७८, ०८ : २१
शनिबार, २६ चैत २०७८

लमजुङको सुन्दरबजार र मध्यनेपालअन्तर्गत पर्ने खत्रेठाँटी-कुन्छा-सोतीपसल सडक स्तरोन्नतिका लागि शिलान्यास भएको छ । सुन्दरबजार २, हाँडेटारदेखि मध्यनेपाल १, निवुवाटारीसम्म करिब ११ किलोमिटर सडक दुई वर्षभित्र कालोपत्रे हुने गरी स्तरोन्नतिको काम सुरु भएको हो । सडक स्तरोन्नतिका लागि प्रदेश सरकारले बहुवर्षीय योजनाअन्तर्गत बजेट विनियोजन गरेको थियो ।

पूर्वाधार विकास कार्यालय लमजुङका अनुसार सडक कालोपत्रेका लागि सोतीपसलतर्फ मध्यनेपाल–१, जिता बेसीबाट काम सुरु भएको हो । आगामी दुई वर्षभित्र कालोपत्रे काम सम्पन्न गर्ने लक्ष्यसहित स्तरोन्नतिको काम सुरु भएको कार्यालयले जनाएको छ । पूर्वाधार विकास कार्यालयका अनुसार हाँडेटारदेखि निबुवाटारीसम्मको १० दशमलव ८० किलोमिटरमध्ये तीन किलोमिटर सडक ढलान गरिनेछ । सुन्दरबजार नगरपालिकाअन्तर्गत जिल्लाकै पुरानो सदरमुकाम समेत रहेको कुन्छाको दुईतर्फी भिरालो तीन किलोमिटर सडकमा ढलान हुने भएको हो ।

उक्त सडक कालोपत्रे भएसँगै भेगका नागरिकलाई सदरमुकाम आउन र जिल्लाको सुन्दरबजार, राईनास, दोर्दी र मर्स्याङ्दी क्षेत्रका नागरिकलाई प्रदेश मुकाम पोखरा जान  सहज हुने अपेक्षा गरिएको छ । सडक निर्माणका लागि काठमाडौंस्थित महावीर प्रधान जेभीले जिम्मा पाएको छ । करिब २८ करोड रुपैयाँ लागतमा २०८० को असोज महिनाभित्र सम्पूर्ण काम सम्पन्न गर्नेगरी सम्झौता भएको कार्यालय प्रमुख सुमन गिरिले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप