मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

प्रलेस अध्यक्षमा मधुसूदन गिरी

शुक्रबार, २५ चैत २०७८, २३ : ०४
शुक्रबार, २५ चैत २०७८

प्रगतिशील लेखक सङ्घको आज सम्पन्न १२ औँ राष्ट्रिय सम्मेलनले डा. मधुसूदन गिरीको अध्यक्षतामा ४५ सदस्यीय केन्द्रीय कमिटी निर्वाचित गरेको छ । कमिटीको उपाध्यक्षमा समीर सिंह र नमूना शर्मा, महासचिवमा डा.देवी दुलाल, उपमहासचिवमा बालमुकुन्द कार्की, सचिवमा दलबहादुर गुरुङ र गिरीप्रसाद बुढा तथा कोषाध्यक्षमा बाबा बस्नेत चयन भएका छन् । सम्मेलनले ४६ सदस्यीय परिषद् सदस्य समेत चयन गरेको छ ।

निर्वाचित पदाधिकारीलाई निवर्तमान अध्यक्ष डा.जीवेन्द्रदेव गिरीले कार्यभार हस्तान्तरण गरेका छन् भने निर्वाचन समितिका संयोजक हरिप्रसाद भण्डारीले सपथ दिलाएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप