तस्बिरमा पनौतीको कुमारी पूजा
आइतबार, २७ चैत २०७८, १२ : २७
काठमाडौँ, भक्तपुर, ललितपुरजस्तै नेपालका विभिन्न ठाउँमा रहेका तलेजु भवानी मन्दिर भएका जिल्लामा कुमारी राख्ने र पुज्ने चलन रहेको छ । काठमाडौँबाट करिब २ घण्टाको दुरीमा रहेको पनौतीमा पनि रहेकी कुमारीको दसैँ र रामनवमीमा हरेक वर्ष पूजा हुने गरेको छ ।
यस वर्षको रामनवमीमा पनि पनौतीको जीवित देवी कुमारी घरमा सजिएर लायकु दरबारसम्म गएर तलेजु भवानीको पूजा सम्पन्न भएको छ । दसैँ र रामनवमीमा मात्रै कुमारीको भेषमा सजिएर पूजा गर्न जाने पनौतीकी कुमारी ओजस्वी घल्लु आइतबार कुमारीको सज्जामा तयार हुँदादेखि लायकु दरबारसम्म पुग्दाको क्षण रातोपाटीका फोटोपत्रकार सुवास श्रेष्ठले कैद गरेका छन् । हेर्नुहोस् तस्बिर :