मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

राष्ट्रिय स्वास्थ्यकर्मी संघको अध्यक्षमा डा झलक शर्मा गौतम

आइतबार, २७ चैत २०७८, १२ : ३८
आइतबार, २७ चैत २०७८

राष्ट्रिय स्वास्थ्यकर्मी संघ नेपालको नयाँ नेतृत्व सहमतिमा चयन गरिएको छ । कमलादीस्थित प्रज्ञा प्रतिष्ठान जारी महाधिवेशनले नयाँ नेतृत्व सहमतिमा चयन गरेको हो । डा झलक शर्मा गौतमको नेतृत्वमा १५१ सदस्य केन्द्रीय समिति चयन गरेको छ । सहमतिमा नै महासचिवमा डा सन्तोष पौडेललाई चयन गरिएको हो । 

यस्तै, चार उपाध्यक्षमा रामहरी ढकाल, शारदा खनाल, जगत नेपाली र भिमराज सिंहलाई सर्वसम्मत गरिएको छ । त्यसैगरी उपमहासचिवमा हिमालय तिवारी र अमृता बराल तथा कोषाध्यक्षमा अञ्जु बस्नेत सर्वसम्मत चयन गरिएको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप