मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

जानकी साहित्य पुरस्कार कवि ज्ञवालीलाई

आइतबार, २७ चैत २०७८, १४ : ५८
आइतबार, २७ चैत २०७८

यस वर्षको जानकी साहित्य पुरस्कार कवि तथा आख्यानकार रुद्र ज्ञवालीले पाउने भएका छन् । किरण पुस्तकालयबाट २०७३ सालदेखि वितरण गरिएको उक्त पुरस्कार रुरुक्षेत्र  गाउँपालिका– २, कोलौदी  निवासी कवि ज्ञवालीलाई  प्रदान गरिने भएको छनौट समितिका संयोजक तथा किरण पुस्तकालयका उपाध्यक्ष दीन पन्थीले प्रेस विज्ञप्तीमा जनाएका छन् ।

२०२० साल कार्तिक १ गते जन्मिएका कवि ज्ञवालीले निर्वासन – कथा संग्रालय ) २०५८ , समीक्षा (संयुक्त गित एलवम ) २०५९ , सपना फल्ने रातहरु ( गजल संग्रह ) २०६१ , विवरुका कथाहरु (कथा संग्रह ) २०६६ , पात्रहरू – कथा संग्रह ) २०७२ प्रकाशित छन भने विभिन्न पत्रपत्रिकामा कथा , कविता गीत गजल लगायतका सिर्जनाहरू प्रकाशित हुँदै आएका छन् । उनी छन्द कविका रुपमा परिचित छन् ।

उक्त पुरस्कार आगामी मोतिजयन्तीका अवसरमा प्रदान गरिने उपाध्यक्ष पन्थीले जानकारी दिएका छन् ।  साहित्यमा कलम चलाउने जानकी ज्ञवाली गौतमको २०७३ साल मंसिर १२  गतेका दिन ३९ वर्षको उमेरमा निधन भएको थियो ।

उनको स्मृतिमा उनका पति शंकरप्रसाद गौतमले उक्त पुरस्कारको स्थापना गरी दिएका थिए । गौतम रेसुङ्गा नगरपालिका कार्यक्रम अधिकृत छन् । उनी साविक जिल्ला विकास समितिमा हुँदा पनि कार्यक्रम  अधिकृत थिए । गौतम दम्पतीका एक छोरी र एक छोरा छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप