सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

ओटोको फ्रयांक सिरीजको पहिलो फोन ओटो फ्रयांक डुअल बजारमा

सोमबार, ११ मङ्सिर २०७४, १३ : ०६
सोमबार, ११ मङ्सिर २०७४

काठमाडौं–ओटो फोन्सले हालै ओटोको फ्रयांक  सिरीजको पहिलो फोन ओटो फ््रयांक डुअल  बजारमा ल्याएको छ । फ््रयांक सिरिज ओटो को स्मार्ट फोंन्सको दोस्रो सिरिज हो । यो भन्दा पहिला ओटोले मार्क सिरिज अन्तर्गत ओटो मार्कर ओटो र ओटो मार्कर २ बजारमा ल्याईसकेको छ । 
ओटो फ्रयांक  डुअल को फुलमेटलबडी ,२.५ डि कर्भस्क्रीन, पछाडी सोनीको आई एम एक्स लेन्सको दुईवटा क्यामेराको साथैँ र्फिगर प्रिन्ट सेन्सरको कारण १० हजार मुनिको फोनहरु मध्य उत्कृष्ठ फोन बन्ने विश्वास लिएको छ ।
ओटो मार्क २ सिरिजपछि ,ओटो फोंन्सलेफेर पनि आफ्नो स्मार्ट फोंन्सले उत्कृष्ड अनुभव दिन फ्रान्क सिरिज बजारमा उपलब्ध गराएको छ ।  ५ इन्चको २.५ डि कर्भस्क्रीन रहेको ओटो फ््रयांक डुबल मा एच.डि .आई.पि.एस डिस्प्लेको सुबिधा रहेको छ । यो फोनको विशेषता भनेकै यो फोनको बलियो स्क्रीन हो । 
अन्य फोनहरु भन्दा यो फोनको स्क्रीन बलियो र मजबूत रहेको ओटो फाेंन्सको दाबिरहेको छ । सामान्य रुपमा हातबाट झर्दा पनि यो फोनको स्क्रीन सजिलै नफुट्ने भएकोले यो फोनलाई “टफफोन” भनेर बजारमा सार्वजनिक गरिएको छ । 
साथै यो फोनको फुलमेटलबडीले प्रयोग कर्तालाई प्रिमियम फोनको अनुभव दिने छ । बलियो फोनको साथ साथै यो फोनमा अहिले बजारमा चलिरहेको दुअलक्यामेराको प्रवृत्तिको सुबिधा पनि पाउन सकिने जनाईएको छ । 
यो फोनको पछाडी दुई वटा क्यामेरा ,एउटा क्यामेरा ८ मेगा पिक्सेलर अर्काे क्यामेरा २ मेगापिक्सेलको रहेको छ । यी क्यामेरामा सोनीको आइ.एम.एक्स लेन्सको प्रयोग गरिएको छ । अगाडीको फेल्सी क्यामेरा चाँही २ मेगा पिक्सेलको रहेको छ । 
ओटो फ््रयांक डुअल एनड्रोइड को नाउगेट को साथै १.३ जिएचजेड मिडिया टेक ६५८० क्वाड —कोर प्रोफेसर बाट परिचालित छ । ओटो फ््रयांक डुअल १६ जिबि को रोम लेसु सज्जित छ । १६ जिबि कोरोम ६४ जिबि सम्म बढाउन सकिन्न ।
यसको साथै ओटो फ््रयांक डुअल मा ०.२ सकेन्डमा चल्ने फिंगर सेन्सर ,फोटो खिच्न मदतगर्ने,मेनु स्वाइपगर्न र फोन अनलक गर्न मदत गर्ने स्मार्ट जेस्चर रहेका छन् । 
त्यसैगरी फ््रयांक डुअलको माथि रहेको एल.ई.डि नटिफिकेशनले मेसिज र फोनकल छुट्न दिदैनन् । ओटो फ््रयांक डुअल २०७४ मंसिर ५ देखि बजारमा सुनौलो कालोरंगमा उपलब्ध रहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप