मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

वैशाखको दोस्रो साता नेपाल–भारत साहित्य महोत्सव

सोमबार, २८ चैत २०७८, ११ : १७
सोमबार, २८ चैत २०७८

नेपाल–भारत साहित्य यात्राको दोस्रो संस्करण ‘नेपाल–भारत साहित्य महोत्सव–२०२२’ काठमाडौंमा आगामी २०७९ बैशाख १६ देखि १८ मा हुने तय भएको छ । महोत्सवका अध्यक्ष साहित्यकार राधेश्याम लेकालीको सभापतित्व र मेरठ लिटरेरी फेस्टिबलका अध्यक्ष डा विजय पण्डितसहितको उपस्थितिमा आइतबार काठमाडौंमा भएको बैठकले उक्त निर्णय गरेको हो । 

काठमाडौंमा गत फेब्रुअरी २६–२८, २०२२ मा आयोजना गर्ने भनिएको नेपाल–भारत साहित्य महोत्सव कोरोना महामारीको कारण स्थगित गरिएको थियो । महोत्सवका माध्यमबाट नेपाल र भारतबीचको सम्बन्धलाई भाषा साहित्यका माध्यमबाट अझ सुदृढ बनाउने उद्देश्य रहेको छ । यस महोत्सवका माध्यमबाट पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने विश्वास पनि लिइएको छ । 

महोत्सवको पहिलो संस्करण वीरगन्जमा भएको थियो । महोत्सवमा पुस्तक प्रदर्शनी, साहित्यिक परिचर्चा, पुस्तक विमोचन, वरिष्ठ लेखक एवम् संस्कृतिकर्मीहरुसँग साक्षात्कार, महफिल, बहुभाषिक कवि गोष्ठी, लघुकथा वाचन, अनुवाद सत्र, साँस्कृतिक कार्यक्रम, स्मारिका प्रकाशन, सम्मान, काठमाडौं घोषणापत्र जारी लगायत हुनेछ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप