सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

सर्लाहीमा बस दुर्घटना, चालकसहित २४ जना यात्रु घाइते

सोमबार, २८ चैत २०७८, ११ : ५४
सोमबार, २८ चैत २०७८

सर्लाहीको ईश्वरपुर नगरपालिका–५ फुलजोर चोकमा सोमबार बिहान बस पल्टिदा चालक सहित बसमा सवार २४ जना यात्रु घाइते भएका छन् । घाइते मध्ये ५३ बर्षीया कमला श्रेष्ठ राईको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । उनको जनकपुर स्थित रामा मेमोरियल अस्पतालमा उपचार भइरहेको छ । 

पारिश्रमिक सहकारी संस्था मोरङबाट भ्रमणको लागी प्युठान पुगेर मोरङतर्फ फर्कंदै गर्दा प्रदेश ३–०१–००५ ख ९८६० नम्बरको बस आज बिहान पौने ४ बजे दुर्घटनामा परेको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप