काँग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समिति बैठक
सोमबार, २८ चैत २०७८, १६ : ४६
नेपाली काँग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ । चैत ३० गते पार्टी कार्यालयमा बस्नेगरी बैठक बोलाइएको हो । बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवम् सदस्यहरुलाई उपस्थिति रहने मुख्य सचिव कृष्ण प्रसाद पौडेलले जानकारी दिए ।
बैठकमा स्थानीय तह निर्वाचनसम्बन्धी घोषणापत्रका सम्बन्धमा छलफल हुने उनको भनाइ छ ।