आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

यू–१९ महिला क्रिकेट : नेपालले मलेसियामा एसिया छनोट खेल्ने

सोमबार, २८ चैत २०७८, १७ : ५९
सोमबार, २८ चैत २०७८

नेपाली यू–१९ महिला क्रिकेट टोलीले आईसीसी यू–१९ महिला टी–ट्वान्टी विश्वकप एसिया क्षेत्रीय छनोट मलेसियामा खेल्ने भएको छ ।

मलेसिया क्रिकेट एसोसिएसनले एसिया छनोटको आयोजना गर्ने जिम्मा पाएको हो । आठ राष्ट्र सहभागी रहने प्रतियोगिताको छनोट सन् २०२२ को जुनमा हुनेछ ।

प्रतियोगितामा मलेसिया, थाइल्याण्ड, चिन, यूएई, नेपाल, भुटान, म्यानमार र कतारले सहभागिता जनाउने छन् ।

प्रतियोगिताको विजेताले सन् २०२३ मा दक्षिण अफ्रिकामा हुने विश्वकपको ग्लोबल छनोटमा स्थान बनाउने छ ।

छनोटमा सहभागिताका लागि गत साता यू–१९ राष्ट्रिय क्रिकेट प्रतियोगिता भएको थियो । उक्त प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेका खेलाडीहरु यू–१९ राष्ट्रिय क्रिकेट टिममा पर्नेछन् । 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप