आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

बारामा बाघको आक्रमणबाट मृत्यु

सोमबार, २८ चैत २०७८, २१ : ५४
सोमबार, २८ चैत २०७८

बारामा बाघको आक्रमणमा परी एक जनाकाे मृत्यु भएको छ । सोमबार दिउँसो ३ बजेतिर कोल्हवी नगरपालिका वडा नम्बर २ स्थित तामागढी साझेदारी वनमा घाँस काट्न गएका जितपुरसिमरा उपमहानगरपालिका १६ टागियाबस्तीका ३१ वर्षीय सुरेस मगरको मृत्यु भएको हो।  
 
जंगली बाघको आक्रमणमा परी घाइते भएका उनलाई उपचारको लागि अस्पतालतर्फ लैजाने क्रममा बाटोमा नै मृत्यु भएको बारा प्रहरीले जनाएको छ । मृतकको शव पोष्टममार्टमका लागि प्रादेशिक अस्पताल कलैया बाराको शव गृहमा सुरक्षित राखिएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । घाँस काट्न गएका स्थानीय ४ जनामध्ये मगरलाई बाघले आक्रमण गरेको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप