आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

गुजरातको पहिलो हार

मङ्गलबार, २९ चैत २०७८, ०८ : ०४
मङ्गलबार, २९ चैत २०७८

सनराइजर्स हैदराबादसँग ८  विकेटले पराजित हुँदै इन्डियन प्रिमियर लिग (आईपीएल) टी-२० प्रतियोगितामा सोमबार  गुजरात टाइटन्सले पहिलो हार व्यहोरेको छ । यता, हैदराबादको भने यो दोस्रो जित हो । सोमबार राति  मुम्बईमा १६३ रनको लक्ष्य पछ्याएको हैदराबादले १९ ओभर १ बलमा २ विकेट गुमाएर लक्ष्य पूरा गर्यो । 

कप्तान केन विलियम्सनले सर्वाधिक ५७ रन बनाए । यस्तै अभिषेक शर्माले ४२ रनको योगदान गरे । गुजरातका हार्दिक पान्ड्या र राशिद खानले समान १ विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको गुजरातले २० ओभरमा ७ विकेट गुमाएर १६२ रन बनायो । उसका कप्तान हार्दिकले ५० रन बनाए ।  हैदराबादका भुवनेश्वर कुमार र टी नाटराजनले समान २ विकेट लिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप