सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

भक्तपुरमा मोटरसाइकल दुर्घटना, चार महिनाकी छोरीको मृत्यु

मङ्गलबार, २९ चैत २०७८, १० : ५५
मङ्गलबार, २९ चैत २०७८

भक्तपुरको साँगाबाट जगातीतर्फ आउँदै मोटरसाइकल दुर्घटना हुँदा एक नाबालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा चार महिनाकी लोसाङ डोल्मा तामाङ रहेकी छिन् । मृतक बालिकाका बुबा बुद्ध तामाङले चलाएको बाग्मती प्रदेश ०२–०२१ प ६७६२ नम्बरको मोटरसाइकल मंगलबार बिहान अन्दाजी साढे ३ बजे दुर्घटना हुँदा लोसाङ गम्भीर घाइते भएकी थिइन् ।

उपचारको क्रममा न्युरो अस्पताल काठमाडौंमा मृत्यु भएको छ । बुबा बुद्ध र आमा सुस्मिता तामाङको भने भक्तपुरको सल्लाघारीमा रहेको डा इवामुरा अस्पतालमा उपचार भएको छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप