सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

धितोपत्र दलाल व्यवसायीहरुलाई स्क्रीन एक्सजिविशन हल पूर्ववत् रुपमा खोल्न सेबोनको निर्देशन

बुधबार, ३० चैत २०७८, १५ : ३०
बुधबार, ३० चैत २०७८

नेपाल धितोपत्र बोर्ड (सेबोन) ले पूर्ववत् रुपमा स्क्रीन एक्सजिविशन हल सञ्चालनमा ल्याउन धितोपत्र दलाल व्यवसायीहरुलाई निर्देशन दिएको छ । बुधबार एक परिपत्र जारी गर्दै सेबोनले स्क्रीन एक्सजिविसन हल खुल्ला गर्न निर्देशन गरेको हो । 

यसअघि कोभिड–१९ को विश्वव्यापी महामारी नेपालमा समेत तीब्र रुपमा फैलिएसँगै तत्कालका लागि सेबोनले यस्तो कार्य रोक्न सबै व्यवसायीहरुलाई अनुरोध गरेको थियो । तर, अहिले कोभिड–१९ को प्रभाव विस्तारै कम हुँदै गएको र यसको प्रभाव समेत नदेखिएकाले पूर्ववत् (कोभिड पूर्व) कै सेवामा स्क्रीन एक्सजिविशन हल खोल्न सेबोनले निर्देशन गरेको हो ।

त्यस्तै, कारोबार समयमा नै फ्लोर सिटमार्फत् कारोबारमा संलग्न धितोपत्र दलाल व्यवसायी तथा धितोपत्र व्यापारीको क्रम संख्या खुल्ने विवरण प्रवाह हुने गरेकोमा उक्त विवरण हटाउन सरोकारवाला पक्षबाट बोर्डमा सुझाव तथा गुनासो प्राप्त भएकोले धितोपत्र बजार संचालन नियमावली, २०६४ को नियम २७ को उपनियम ९४० को प्रतिकुल नहुने गरी उक्त विवरण कारोवार समयपश्चात् प्रवाह गर्ने व्यवस्था समेत गर्न बोर्डले नेप्सेलाई पत्राचार समेत गरेको छ ।
  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप